१३ चैत, काठमाडौं । धुर्मुस(सुन्तली फाउण्डेशनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमूना मुसहर बस्ती निर्माणका लागि अमेरिकाको बोस्टनमा रहेका नेपालीहरुले करिव १४ लाख रुपैयाँ सहयोग गरेका छन् ।
बोस्टनमा भएको एक कार्यक्रममा उपस्थित भएका १३१ जना नेपालीहरुबाट फाउण्डेशनलाई जम्मा १३ लाख ८८ हजार १ सय रुपैयाँ सहयोग संकलन भएको हो ।
‘मानवता र सद्भावका लागि सहकार्य, राष्ट्र निर्माण तपाई हाम्रो अभियान’ भन्ने मुल नाराका साथ फाउण्डेशनले थालेको अभियानलाई बोष्टन बासीले आत्मसाथ गर्दै सहयोग संकलन गरेका हुन् ।‘धुर्मुस सुन्तली अभियान सहयोग कार्यक्रम बोस्टन’ नामक कार्यक्रमको आयोजना गदै बोस्टन बासीले फाउण्डेशनको सामाजिक कार्यमा सहकार्य गर्दै सहयोग संकलन गरेको हो । कार्यक्रममा हिमालयन हेरिटेज कल्चरल एकेडेमीका कलाकारहरुले साङ्गीतिक प्रस्तुति दिएका थिए ।
अभियानले फाउण्डेशनलाई दुई किस्तामा सहयोग रकम पठाएको छ । कार्यक्रमबाट पहिलो पटक ५ लाख १४ हजार ५ सय पठाइएको थियो भने शुक्रबार ८ लाख ७३ हजार ६ सय रुपैया पठाएको छ । सहयोग पठाएको जानकारी दिदैं अभियानका सहयोगी सुरेश वाग्लेले फाउण्डेशनलाई सहयोग गर्न पाउदा आफुहरु खुसी भएको बताए ।यता फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले भने नसोचेको सहयोग प्रप्त भएको बताउँदै सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए ।
फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमूना मुसहर बस्ती निर्माणको अहिले अन्तिम चरणको काम भइरहेको छ । फाउण्डेशनले नयाँ बर्षमा बस्ती हस्तान्तरण गर्ने बताएको छ ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
२९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ