प्रचण्ड सरकार टाउकोले टेकेर हिँडिरहेको छः उपेन्द्र यादव

Upendra-Yadav-1-768x449१२ चैत, काठमाडौं । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारका कारण मुलुकमा भ्रष्टाचार र बेथिति चरम रुपमा बढेको आरोप लगाएका छन् ।

 

भ्रष्टाचार र बेथितिलाई कारण बनाउँदै उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको बिकल्पको संकेत गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिवार गरेको साक्षात्कारमा उनले भने- ‘मुलुकमा बेथिती बढेको छ, एनसेलसँग अर्बों लाभकर उठाउन सकेको छैन भने, सरकारले आफ्ना कार्यकर्ताको नाममा करोडांै पैसा पठाएर चुनाव जित्ने मौका छोपिरहेको छ ।’

अध्यक्ष यादवले एनसेलसँग लिनुपर्ने लाभकरको विषयमा सरकारले छानविन गर्नुपर्ने माग गरे । उनले भने, ‘यो ठूलो भ्रष्टाचार हो, अहिले अख्तियारलाई थन्क्याइहाले, अब कसले छानविन गर्छ ? मुलुकलाई लुटेर चुनाव गर्न खोजिँदैछ ।’

यादवले सरकार स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर उल्टो बाटोमा हिँडिरहेको आरोप लगाउँदै भने, ‘कहीँ नभएको जात्रा नेपालमा भनेजस्तै भएको छ, स्थानीय निर्वाचनको नाममा अहिलेको सरकारले उल्टो बाटो पछ्याईरहेको छ, सुल्टो बाटो भनेको पहिले केन्द्रीय संसदको चुनाव गर्नुपर्छ ।’

यादवले भने, ‘अहिलेको संविधानले मधेसी, जनजाती, थारु, संघीयता पक्षधर र सीमाङ्कनको विषयलाई उपेक्षा गरेको छ, यो संविधान पुर्नलेखन नगरिएसम्म मुलुकको भलो हुँदैन ।’उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकार टाउकोले टेकेर हिँडिरहेको आरोप लगाउँदै भने,’ टाउकालेे यात्रा कहाँसम्म गर्न सक्छ ?, हामी खुट्टाले हिँड्नको लागि सुझाव दिईरहेका छौँ, हिजो राजाले पनि यस्तो निर्वाचन नगरेका होइनन्, त्यस्तै आज सरकारले सेना परिचालन गरेर निर्वाचन गर्नु भनेको मुलुकलाई झन भड्खालोमा जाक्ने काम हो ।’

उनले थपे, ‘सरकारका कामहरू सबै हामीले देखेका छौँ, निवार्चन हुँदैन, हुन दिँदैनौँ, तर हामी वार्ताबाट भाग्दैनौ, पछिल्ला दिनहरुमा वार्ताको नाममा हामीलाई खेलाउने काम भएको छ, दिन कटाउने काम भैरहेको छ ।’

यादवले एमाले आफूहरुको स्थायी सत्रु नभएको र राजनीतिमा स्थायी सत्रु र मित्र नहुने स्पष्ट पार्दै एमालेसँगको सम्बन्ध सकारात्मक रहेको बताए ।यादवले संविधान संशोधन नगरी समस्याको समाधान हुन नसक्ने बताउँदै संशोधनमार्फत समाधान गर्ने हो भने कुनै पनि विषयलाई थाँती राख्न नहुने बताए ।

प्रधानमन्त्री दाहालको चीन भ्रमणप्रति टिप्पणी गर्दै यादवले भने, ‘मुलुकको समस्या समाधान गर्नुपर्ने बेलामा उहाँ चीन जानुभयो, मुलुकको समस्या समाधान गरेर चीन मात्रै होइन, जापान, अमेरिका जहाँ गए पनि हामीलाई भन्नु केहि छैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप