हेलिकोप्टर चढेर स्कुल पढ्न जाने दुनियाँकै भाग्यमानी बच्चा

hellima-school-768x402आफ्नो बच्चालाई स्कुल पुर्‍याउनका लागि कतिपय अभिभावकहरु पैदलै जालान् त हुनेले कार, बाइक जस्ता साधनको उपयोग गर्लान् । तर यहाँ एकजना व्यक्तिले आफ्ना छोरालाई स्कुल पुर्‍याउनका लागि हेलिकोप्टर नै उडाएका छन् ।

 

युक्रेनका पूर्व खेलमन्त्रीले आफ्नो छोरालाई हेलिकोप्टर चढाएर स्कुल पूराएका हुन् । पूर्व खेल राज्यमन्त्री एन्ड्रे पाल्चेभ्स्कीका छोरा दुनियाँका दुुर्लभ बालक होलान् जो हेलिकोप्टर चढेर स्कुल जान पाए ।

समाचार अनुसार पूर्व मन्त्रीका छोराको स्कुल घरबाट अलिक टाढा रहेछ । हालै एकदिन छोरा स्कुल जानका लागि घरबाट निस्किन केही ढिला भयो । सडकमार्ग हुँदै जाम छिचोलेर स्कुल जाँदा समयमा स्कुल पुुग्ने सम्भावना रहेन । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ, ती पूर्व मन्त्रीले अन्ततः हेलिकोप्टर चढाएर छोरालाई समयमै स्कुल पूराए ।

जब राजधानी किभको लिप्सी जिल्लामा रहेको एक स्कुलको गेट नजिकै हेलिकोप्टर उत्रियो तब सबै अचम्ममा परे । अझ हेलिकोप्टरबाट एक विद्यार्थी निस्किएर सरासर स्कुलको गेटभित्र छिरेपछि त आश्चर्यको सीमा रहने कुरै भएन । हेलिकप्टर चढेर स्कुल जान पाउने ती बालकको नाम भने खुलाइएको छैन ।

छोरालाई हेलिकोप्टर चढाएर स्कुल पुर्‍याउने पूर्व मन्त्रीका विषयमा सोसल मिडियामा अनेक थरी प्रतिक्रिया आएका छन् । कतिपयले मन्त्रीले धनको रवाफ देखाएको गरीबलाई हेँपेको भनेका छन् भने कतिपयले छोराको शिक्षाका लागि पूर्वमन्त्रीले अपनाएको उपायको सह्राना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देशभर विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस मनाइयो

१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ

वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै

१५चैत,काठमाडौं।वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ। रथ साँझ ५ बजे

ठगीको आरोपमा सुजाता कोइरालाका पूर्व पीए केशव दुलाल पक्राउ

१३चैत,काठमाडौं। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाई दिने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेसकी नेतृ

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जना

१० चैत,काठमाडौँ । जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५

मानव तस्कर गिरोहद्धारा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका