सिरहा, ९ चैत । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले संघीयतको मुद्दा टुंगोमा पुर्याएर मात्र निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।
सिरहाको लाहानबाट नयाँ शक्ति पार्टीले सुरु गरेको हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय अभियानको आज यहाँले यस्तो बताउनुभयो । उहाँले नयाँ शक्ति जहिल्यै पनि चुनावको पक्षमा रहेको तर निष्पक्ष र धाँधरीरहित निर्वाचन हुनुपर्ने तर्क गर्नुभयो ।
‘अहिले निर्वाचन पहिले कि संशोधन पहिले भन्ने कुरामा विवाद भइरहेको छ, गाडा अघि बढ्नको लागि सहि अर्थमा गोरु अगाडि र गाडा पछाडि हुनुपर्छ,’ उहाँले भन्नुभयो – ‘संघीयताको मुद्दा टुंग्याएर संविधान संशोधन गर्ने र त्यसपछि चुनाव गर्नुपर्छ । यो नै उपयुक्त र सुल्टो बाटो हो ।’
अहिले सरकारले संघीयताको मुद्दा र संविधान संशोधनको विषयलाई थाँती राखेर चुनावको कुरा गरेर संघीयता र राज्य पुनःसंरचनाको मुद्दालाई नै विषयान्तर गर्न खोजेको आरोप पनि उहाँले लगाउनुभयो । उहाँले प्रश्न गर्नुभयो – ‘नयाँ शक्ति पार्टीको स्पष्ट अडान के हो भने संविधानले कल्पना गरेको संघीय संरचना, प्रदेश, स्थानीय तह, स्वायत्त क्षेत्र, विशेषाधिकार क्षेत्रको सीमांकन भएकै छैन, प्रदेशको सीमांकन हल भएकै छैन, यस्तो अवस्थामा चुनाव पहिले गर्छु भन्नु कसरी सुल्टो बाटो हुन्छ रु’
संयोजक भट्टराईले इतिहासदेखि नै देशको निर्माण र रक्षा मधेशी समुदायहरुले नै गरेको तथ्यतिर स्मरण गराउँदै मधेशी समुदायले विखण्डन होइन बरु देशको कार्यकारी प्रमुख बन्ने लक्ष राख्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अहिले देशलाई तोड्न चाहने र जोड्न चाहने शक्तिहरुबीच संघर्ष चलिरहेकोले नयाँ शक्ति पार्टीले देशलाई जोड्न यो अभियान चलाएको बताउनुभयो । उहाँले देश जोड्नका लागि सबैलाई समान व्यवहार गरेर सबै जातजाति भाषाभाषीलाई बराबर अधिकार दिनुपर्ने तर्क गर्नुभयो ।
कार्यक्रममा नयाँ शक्तिका सह–संयाजक रामचन्द्र झा, नेताहरु केशव दाहाल, हिसिला यमी, लक्ष्मी चौतरी, महेन्द्र पासवान, रामकुमार शर्मा लगायतले सम्बोधन गर्नुभएको थियो । उहाँहरुले पनि मधेसको अधिकार नयाँ संविधानमा ग्यारेण्टी नभएसम्म चुनाव हुनसक्ने बताउनुभयो ।
संसदीय विभाग प्रमुख केशव दाहालले तराई मधेशमा जारी आन्दोलन न्यायको आन्दोलन भएकोले आन्दोलनमा नयाँ शक्ति पार्टीको पनि ऐक्यबद्धता रहेको बताउनुभयो । उहाँले काठमाडौं मधेशसँग र मधेश काठमाडौंसँग रहनुपर्ने धारणा राख्नुभयो ।
केन्द्रीय कार्यकारी सदस्य कलामुद्दीन राइनले मधेशको आन्दोलन कसैको अधिकार खोस्न नभई मधेशी जनतालाई अधिकार सम्पन्न गराउन भएकोले सबैले साथ र सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
पार्टीका सामाजिक आन्दोलन अभियानका संयोजक रामकुमार शर्माले संविधानमा मधेशी जनतालाई अधिकार दिनका लागि कन्जुस्याईं गरिएकोले तराई मधेशमा आन्दोलन उठेको बताउँदै तराई मधेश, आदिवासी जनजातिको समस्या सम्बोधन नगरेसम्म देशले समृद्धिको मार्ग अवलम्बन गर्न नसक्ने धारणा राख्नुभयो ।
नयाँ शक्ति पार्टीले हिमाल, पहाड, तराई मधेश जोड्ने राष्ट्रिय एकता अभियान बुधबार सिराहाबाट सुरु गरेको छ । बुधबार लाहानमा आयोजना गरिएको एक कार्यक्रममा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले उद्घाटन गर्दै कार्यक्रमका शुभारम्भ गर्नुभएको हो । नयाँ शक्ति पार्टीले राष्ट्रिय एकता निर्माणका लागि अभियानको सुरुवात गरेको हो । सिरहाबाट सुरु अभियान १३ गते कैलालीको धनगढीमा पुगेर समापन हुनेछ ।
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
वैशाख १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप
चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल (एपिएफ) को
८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग
रुपन्देही १९ , फागुन। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने