चन्दा उठाउनेलाई भकुर्दै विप्लबका कार्यकर्ताले प्रहरीलाई बुझाए

arrest-uml-cadderकाठमाडौं, ९ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नाममा चन्दा उठाउँदै गरेका दुई गैरक्रान्तिकारी विद्यार्थी पक्राउ परेका छन् । एमाले अखिलका पशुपति क्याम्पसका विद्यार्थी नेता तिलक खड्का र अर्का गैर क्रान्तिकारी सन्तोष तिमिल्सिना विप्लवका विद्यार्थी भन्दै चन्दा उठाउँदै गर्दा समातिएका हुन् ।

विप्लव सम्बद्ध क्रान्तिकारी विद्यार्थीले खड्का र तिमिल्सिनालाई समातेर प्रहरीलाई बुझाएका छन् । क्रान्तिकारीले उनीहरु दुवै अखिलका नेता रहेको दाबी गरे पनि एमाले निकट अनेरास्ववियुले भने अस्वीकार गरेको छ ।

‘सन्तोष तिमिल्सिना माओवादीका पूर्व लडाकु हुन्, अखिलका सदस्य होइनन्, खड्का पशुपति क्याम्पसका अखिल सम्बद्ध हुन् ।’– अनेरास्ववियुका सचिव तथा प्रवक्ता आरसी लामिछानेले भने । गैरराजनीतिक क्रियाकलाप गर्ने जो कोहीलाई पनि कारबाही गर्नुपर्नेमा आफूहरु रहेको लामिछानेले खबरडबलीलाई बताए ।

आफ्नो संगठनका नाममा चन्दा उठाएको भन्दै समातिएका उनीहरुले क्रान्तिकारीले रगताम्य हुने गरी कुटपिट गरी प्रहरीलाई बुझाएका हुन् ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले नेपाल कम्युनिष्ट पार्टी्निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नाममा चन्दा आतंक मच्चाउदै हिडेको खुलासा भएको छ ।

तिमिल्सिना नापी कार्यालय कलंकी र खड्कालाई यातायात कार्यालय एकान्तकुनाबाट नियन्त्रणमा लिइएको हो । तर क्रान्तिकारीले नियन्त्रणमा लिएका उनीहरु कुन संगठनसँग आवद्ध हुन् भन्ने थाहा नभएको क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंहले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न