८ चैत, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ६ वटा भूकम्प प्रतिरोधी घरको नयाँ डिजाइन सार्वजनिक गर्ने भएको छ । भूकम्प प्रभावित जिल्लाको ग्रामीण भेगलाई लक्षित गरि प्राधिकरणले किफायती लागतमा बन्ने घरको नमुना डिजाइन तयार गरेको हो ।
उक्त डिजाइन अनुसार कम्तीमा दुई लाख ९२ हजार रुपैया लागतमा दुई कोठे भवन निर्माण गर्न सकिनेछ । सोसाइटी अफ नेपलिज आर्किटेक्चर -सोना)ले ५ ओटा र जापानी अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले एउटा घरको डिजाइन बनाउन सहयोग गरेका हुन् ।
प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा मंगलवार बसेको प्राधिकरण कार्यकारी समितिको वैठकले नयाँ ६ प्रकारको घरको नमुना डिजाइनलाई स्वीकृति दिने निर्णय गरेको हो ।
उक्त डिजाइनलाई प्राधिकरण कार्यकारी समितिका सदस्य डा. हरिराम पराजुली संयोजकत्वको मापदण्ड निर्धारण समितिले प्रमाणिकरण गरेपछि लागू हुनेछ ।
नयाँ डिजाइन अनुसार ढुंगाको जोडाई र माटोको गारोका एक तल्ले घर र ढुंगाको गारोमा माटोको जोडाई तथा सिमेन्टको समेत जोडाईमा भूकम्प प्रतिरोधी घर बनाउन सकिनेछ ।
उक्त डिजाइन सार्वजनिक भए भूकम्पमा घर गुमाएका पीडितले किफायती लागतमा धेरै विकल्पमध्ये आफुलाई मन पर्ने डिजाइनमा नयाँ घर बनाउन सक्नेछन् । सरकारले यसअघि १७ ओटा घरको नमुना डिजाइन तयार गरेको थियो ।
यसैबीच प्राधिकरण कार्यकारी समितिको बैठकले जोखिमयुक्त बस्तीमा रहेकालाई स्थानान्तरण गर्नका लागी आवश्यक जग्गा/घँडेरीको व्यवस्थापन गर्नेवारे गृहकार्य गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने निर्णय गरेको छ ।

प्राधिकरणले यसअघि जोखिमयुक्त बस्तीबाट अन्यत्र बसाई सर्न चाहने प्रभावितलाई जग्गा किन्ने प्रयोजनका लागी दुई लाख रुपैया अनुदान उपलव्ध गराउनेवारे निर्णय गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो ।
यस्तै बैठकले काठमाडौं उपत्यकाका पुरातात्विक सम्पदा पुनर्निर्माणमा स्थानिय समुदायको चासोलाई सम्वोधन गर्ने गरी प्रक्रिया अघि बढाउन सम्पदा पुनर्निमाण उपसमितिलाईे निर्देशन दिएको छ
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि
काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत