पत्रपत्रिकामा छापिएका समाचारहरु

 

patrapatrika-bimal-1-1४ चैत, काठमाडौं । शुक्रबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुमा सरकार र मधेसी मोर्चाबीच भएको सहमति प्रयासदेखि निर्वाचन आचारसंहिता मिचेर सांसदहरु विदेश सयरमा मस्त भएको सम्मका समाचारले महत्वपूर्ण स्थान पाएका छन् ।

यससँगै, निर्वाचनमा मतदातालाई अत्याधुनिक परिचयपत्र वितरण गर्नेलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले प्रहरीबाटै व्यवसायीको अपहरण भएको समाचारलाई पनि उल्लेख गरेको छ ।
दर्जनौं सांसद विदेश भ्रमणमा भएकोलाई मुख्य समाचार बनाएको अन्नपूर्ण पोस्ट् दैनिकले आईजीपी नियुक्ति प्रकरणमा महान्यायाधिवक्ताले इसलासप्रति आपत्ति जनाएको समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ ।

संविधान संशोधनको मुद्दा मिलाउन सरकार र मधेसी मोर्चाको संयुक्त कार्यदल गठन भएकोलाई राजधानी दैनिकले प्राथमिकता दिएको छ । त्यस्तै, आईजीपी बढुवा प्रकरणमा सर्वोच्च अदालतले मूल्यांकन अभिलेख बुझाउन २४ घण्टे आदेश दिएको समाचारले पनि महत्वपूर्ण स्थान पाएको छ ।

नागरिक दैनिकले राष्ट्रसंघीय मिसनको प्रश्नपत्र बाहिरिएको समाचारलाई खास महत्वका साथ छापेको छ । त्यस्तै संविधान संशोधन र निर्वाचनका ममलामा ‘पाँच दलका पाँचै तगरा’ भएको भएको विश्लेषणात्मक समाचारले प्राथमिकता पाएको छ ।

एनसेल लाभकर छली प्रकरणमा सरकार पछि हटेको समाचारलाई महत्व दिएको कान्तिपुर दैनिकले स्थानीय निर्वाचनमा ७९ दल भिड्नेलाई पनि उल्लेख गरेको छ ।

कञ्चनपुर घटनामा भारतले दुःख व्यक्त गरेको समाचारलाई गोरखापत्र दैनिकले प्राथमिकता दिएको छ । नेपाल समाचारपत्र दैनिकमा प्रधानमन्त्रीपुत्र प्रकाश दाहालले सुरक्षा चुनैती बढेको भन्दै आधुनिक हतियार लिएको समाचार र एनसेल प्रकरणमा प्रधानमन्त्री तानिएको समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको