आज मध्यरातबाट मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता, भोलि आन्दोलन घोषणा गर्ने तयारी

morcha-58c795c2123936.44749308-1१ चैत, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रचण्ड सरकारलाई दिएको समर्थन आज मंगलबार रातिबाट स्वत फिर्ता हुने भएको छ । तर, मोर्चाको समर्थन फिर्ताले सरकार अल्पमतमा भने पर्नेछैन ।

मधेसी मोर्चाले फागुन २५ गते प्रधानमन्त्री प्रचण्डलाई पाँचबुँदे ज्ञापन पत्र बुझाएको थियो । जसमा ७ दिनभित्र संविधान संशोधन र स्थानीय चुनाव स्थगित नभए आफूहरुले सरकारलाई दिएको समर्थन स्वतः फिर्ता हुने बताएको थियो ।

‘आज रातिबाट हामीले सरकारलाई दिएको समर्थन स्वतः फिर्ता हुनेछ । हामीले फेरि भेटेर भनिराख्नु पर्दैन,’ मोर्चामा आवद्ध राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झा भन्छन्, ‘सरकार अल्पमतमा नपर्ने भएकाले सभामुखलाई लेखेर दिनु परेन । यो राजनीतिक विषय मात्र हो ।’

मधेसी मोर्चाले समर्थन फिर्ताको चेतावनी दिएलगतै राप्रपा अध्यक्ष कमल थापालाई सरकारमा लगेर प्रधानमन्त्री प्रचण्डले आफ्नो बहुमत सुुरक्षित गरेका छन् । अब छिट्टै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई पनि सरकारमा लैजाने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।
आन्दोलन घोषणाको तयारी

मधेसी मोर्चाले औपचारिक रुपमा समर्थन फिर्ता भएको भोलिपल्ट आन्दोलन घोषणाको तयारी गरेको छ । यसका लागि भोलि बुधबार बैठक बोलाइएको छ ।

बैठकको अघिल्लो दिन सचिवालय बैठकले आन्दोलनको प्रस्ताव तयार पारेको छ । उसले चैतमहिनाभर प्रचारात्मक र दबावमुलक कार्यक्रम अघि सारेको छ ।

एक नेताका अनुसार माध्यमिक शिक्षा परीक्षा भएकाले चैत ३ देखि ११ गतेसम्म प्रचारात्मक कार्यक्रम प्रस्ताव गरिएको छ । त्यसपछि चैत मसान्तसम्म दिन विराएर तराई मधेसका जिल्लाहरुमा धर्ना, जुलुस, सभा लगायतका कार्यक्रम हुनेछ ।

वैशाख पहिलो साताबाट भने आमहड्तालसहितका कार्यक्रम गर्ने मोर्चा सचिवालयको प्रस्ताव छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

पूर्वमन्त्री मोहन बस्नेत विरुद्ध तीन अर्ब २१ करोडको  भ्रष्टाचार मुद्दा दर्ता

  जेठ १,काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध

शान्ति निर्विकल्प बाटो

 २९ वैशाख २०८२ ।  विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध

यसरी आश्रित परिवारको सहारा बनेको छ सामाजिक सुरक्षाकोष

बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं