२२ फागुन, काठमाडौं । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनरावलोकन गर्न बनेको कार्यदलले परिमार्जनका लागि सुझावसहितको प्रतिवेदन आज सरकारलाई बुझाउँदैछ । साथै आजै अपरान्ह प्रधानमन्त्री प्रचण्डले क्याबिनेट बैठकको आयोजना गर्दैछन् ।
आयोगको प्रतिवेदनप्रति मधेसी मोर्चाको असन्तुष्टि सम्बोधन गर्नका लागि सरकारले बनाएको कार्यदलले परिमार्जनका लागि सुझावसहितको प्रतिदेन सरकारलाई बुझाउन लागेको हो ।
आयोगले सिफारिस गरेको भन्दा १९ वटा स्थानीय तह बढाउने प्रस्तावसहित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाउन लागेको हो ।
स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ संख्या सिफारिस गरेको थियो । पाण्डे संयोजकत्वको कार्यदलले स्थानीय तहको संख्या ७ सय ३८ पुर्याएको छ ।
कार्यदलले प्रस्ताव गरेको परिमार्जित प्रतिवेदनमा मधेसका ८ जिल्लामा १७ वटा स्थानीय तह थपिएका छन् । त्यस्तै पहाडका दुई जिल्लामा २ वटा स्थानीय तहको संख्या थपिएको छ ।
कार्यदललेे प्रतिवेदन बुझाएपछि आज साँझ बस्ने मन्त्रिपरिषद बैठकमा परिमार्जित स्थानीय तहको विषयमा छलफल हुने बताइएको छ ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको