मधेशमा प्रचण्डको पुत्ला जल्यो, चुनाव घोषणासँगै विरगन्जमा यसरी जल्यो प्रचण्डको पुत्ला !

prachandako-putla-jalyoवीरगन्ज,११ फाल्गुन । सरकारले स्थानिय निकायकाे चुनाव घाेषणा गरेसँगै मधेसमा विराेध सुरू भएकाे छ । सदभावना पार्टीका कार्यकर्ताहरुले बीरगन्जको घण्टाघर चोकमा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन गरेका छन्। पुत्ला दहनसँगै प्रचण्डलाई दलालको संज्ञा दिँदै सरकार विरुद्ध नारा जुलुस समेत प्रदर्शन गरेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले  आन्दोलनको कार्यक्रम सार्वजनिक गरेकाे थियाे ।

पुत्ला दहनपछि आयोजित कोणसभालाइ सम्बोधन गर्दै सदभावना पार्टीका उपाध्यक्ष इश्वर यादवले मधेसी मोर्चाकै समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले मधेसी जनतालाई धोका दिएको आरोप लगाए । उनले संविधान संशोधन बेगरको निर्वाचनको कुनै अर्थ नभएको दावी गरे ।

उनले सरकारले घोषणा गरेपनि मधेसमा निर्वाचन हुन नदिने चेतावनी दिए । उनले मधेसमा अब विगतभन्दा झन सशक्त आन्दोलन हुने बताए । सरकार आफै झुक्ने खालको आन्दोलन अब मधेसमा हुन्छ उनले थपे ।

सरकारले अगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गराउने निर्णय गरेको छ । त्यसकाे केही घण्टामा नै अान्दाेलनकाे कार्यक्रम सार्वजनिक गरेकाे थियाे ।

मधेसका जिल्लाहरुमा मशाल जुलुस प्रदर्शन र भोली मधेस बन्दको आह्वान गरेको छ । साथै सरकार विरुद्ध भण्डाफोर कार्यक्रम गर्ने पनि मोर्चाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

पूर्वमन्त्री मोहन बस्नेत विरुद्ध तीन अर्ब २१ करोडको  भ्रष्टाचार मुद्दा दर्ता

  जेठ १,काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध

शान्ति निर्विकल्प बाटो

 २९ वैशाख २०८२ ।  विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध