२ नम्बर प्रदेशको चुनाव सार्ने विषयमा राजपाभित्र विवाद

madhesi-party-united-9-rajapa_qfzaUOkfhUकाठमाडौं–  प्रदेश नम्बर दुईको चुनाव सार्ने विषयमा राजपा नेपालभित्र विवाद देखिएको छ  । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आफूहरुको सहमति बिनै सरकारले प्रदेश नम्बर २ को चुनाव सार्ने निर्णय गरेको दाबी गरे । 
उनले आफूहरुले सत्तारुढ दलसँगको बैठकमा माग पूरा नभएसम्म चुवान हुन नसक्ने धारणा राखेको तर सहमति बिनै २ नम्बरको मात्रै चुनाव सारिएको दाबी गरे । 
उनले यसविषयमा पार्टीको धारणा तय गर्न राजपाको बैठक दिउँसो तीन बजेको लागि बोलाइएको बताए । 
उनले बैठकले  सत्तारुढ दलको निर्णय मान्ने नमान्ने भन्नेमा तय हुने बताए । 
ठाकुरले राजपाको सहमति बिनै चुनाव सारिएको दाबी गरेपछि अर्का नेता शरद्सिंह भण्डारीले भने आज मध्यान्ह सम्पन्न भएको सिंहदरबार बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सरकारको निर्णय सकारात्मक भएको बताएका थिए ।  
राजपा स्रोतका अनुसार पार्टीभित्र सरकारको निर्णयसँगै चुनाव जाने या नजाने भन्नेमा विवाद देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक