June 14, 2017

सलमान र प्रभास अब एउटै फिल्ममा

download-18३१ जेठ – बाहुबली सिरिजको सफलता पछि अभिनेता प्रभास दक्षिाण भारतका चर्चित र माग बढेका अभिनेता बनेका छन् । प्रभासलाई लिएर सिनेमा बनाउन बलिवुड निर्माता र निर्देशकहरु पनि आतुर भएका छन् । तर प्रभास भने दक्षिण भारतको काम नसकाएसम्म बलिवुडमा आउने मुडमा छैनन् ।

बलिवुड निर्देशक रोहित शेट्टी पनि आफ्नो आगामी प्रोजेक्टमा प्रभासलाई लिन चाहन्छन् । रोहितको आगामी सिनेमामा प्रभाससँगै सलमान हुने कुरा छ । तर यसका लागि भने रोहितले केही समय कुर्नु पर्ने देखिन्छ । किनकी अहिले सलमान र प्रभास दुवै जनासँग सिनेमाहरु लाईनमा छन् ।

उता प्रभास यतिबेला सिनेमा ‘साहोँ’को काममा जुटेका छन् भने यता सलमान खान ‘ट्यबुलाईट’को छायाकंन सकेर ‘टाईगर जिन्दा है’ को छायाकंनमा व्यस्त छन् । ‘टाईगर जिन्दा है’ को छायाकंन सकेसँगै सलमान होम प्रोडक्शनमा सिनेमा ‘दवंग ३’ को काममा लाग्नेछन् । यो अवस्थामा सलमान र प्रभासलाई लिएर रोहितले बनाउने सिनेमा सन् २०१९ भन्दा अगाडि आउने सम्भावना अत्यन्तै कम छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं