March 22, 2017

ल हेर्नुस भारतमा ट्रम्पका टावर

trump-towerकाठमाडौं– अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प धनाढ्य व्यापारी हुन् । आफ्नै  पार्टीका नेताबाट पर्याप्त साथ र सहयोग नपाए पनि हिलारी क्लिन्टनलाई पराजित गरी ह्वाइट हाउसमा पस्न उनलाई धनले नै सघाएको चर्चा हुने गरेको छ । उनले विश्वका अधिकांश देशमा आफ्नो व्यापार व्यवसाय विस्तार गरेका छन् । यही क्रममा पछिल्लो समय उनको व्यवसाय भारतमा पनि विस्तार भएको छ ।
भारतमा उनले हाउजिङ व्यवसाय सञ्चालन गरेका छन् । उनले भारतमा आफ्नै नाममा विशाल टावर बनाउँदै छन् । यी टावरलाई ‘द ट्रम्प टावर’ को नाम दिइएको छ । भारतका विभिन्न सहरमा ट्रम्पका ६ वटा रियल स्टेल प्रोजेक्ट निर्माणाधीन छन् । यी आयोजनामा ट्रम्पको प्रत्यक्ष लगानी नभए पनि उनले स्थानीय डेभलपर्स कम्पनीलाई आफ्नो ब्रान्ड प्रयोग गर्ने अधिकार दिएका छन् । यसबापत उनलाई करोडौं भारतीय रुपैयाँ प्राप्त हुन्छ ।
ट्रम्प नामका टावर मुम्बईको बरेली, पुणेको कल्याणीनगर, गुडगाउँको गल्फ कोर्स एक्सटेन्सन रोड, कोलकाताको इस्टर्न मेट्रोपोलिटन बाइपासमा ठडिँदैछन् । गुडगाउँमै अर्को एउटा प्रोजेक्टको पनि काम भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यी सबै प्रोजेक्टमा गरी अर्बौं भारतीय रुपैयाँ लगानी भएको छ । ट्रम्प टावर २३ देखि ७३ तलेसम्म हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल