माधव नेपाललाई वामदेवको साथ हुने

काठमाडौं, भदाै ४ः नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी) पार्टीमा सहभागी हुने बताएका छन् ।

गौतमले नेतृत्व गरेको ‘पार्टी एकता राष्ट्रिय अभियान’को बिहीबार भर्चुअल बैठकले एमाले विभाजन भइसकेको अवस्था मध्यनजर गर्दै नेपालले नेतृत्व गरेको एमाले समाजवादीलाई समर्थन गर्ने निर्णय गरेको उनको सचिवालय सदस्य शैलेन्द्र राउतले बताए ।

नेता गौतमले भर्चुअल बैठकमा अब नेपाल पक्षमा लगेर वामपन्थीबीचको एकता आफ्नो नेतृत्वमा गर्ने बताएका छन् । अबको डेढ वर्षमा एमालेबाहेकको वामपन्थीलाई एक ठाउँमा ल्याउन सकिने दाबी गौतमले गरेका छन् ।

आफू केपी ओलीतर्फ गएको तर उनले कुनै जिम्मेवारी नै नदिएको आरोप उनले लगाए । ‘माधव नेपाल नेतृत्वको पार्टीको बैठकमा म सबैभन्दा पहिले प्रस्ताव राख्छु, एकताको जिम्मेवारी मलाई दिनुहोस् । उहाँले दिनुहुन्छ, मलाई विश्वास छ’ गौतमले भने, ‘केपी ओलीतिर गएँ नि, केपी ओलीले त जिम्मै दिएनन् । मैले जिम्मेवारी मागेका थिएँ ।

तर माधव नेपालतिर गएपछि मलाई दिनुहुन्छ ।’ बैठकमा सहभागीमध्ये केहीले माधव नेपालकै पार्टीमा सामेल हुनुपर्ने प्रस्ताव राखेका थिए भने केहीले एकता अभियानमै रहनुपर्ने अडान लिएका थिए । युवा संघद्वारा एमाले समाजवादीमा समाहित हुने निर्णय यता, युवा संघ नेपालले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी) पार्टीमा समाहित हुने निर्णय गरेको छ ।

संघ एमाले समाजवादी पार्टीमा गोलबद्ध हुन देशभरिका नेता, कार्यकर्तालाई अपिलसमेत गरेको छ । संघका अध्यक्ष नरेश शाहीको अध्यक्षमा संघका उपलब्ध पदाधिकारी र विभागीय प्रमुख÷उपप्रमुखको सहभागितामा बसेको बैठकले एमाले समाजवादी पार्टीमा समाहित हुने निर्णय गरेको संघका उपमहासचिव एवं प्रवक्ता सञ्जीप राईले बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र