February 24, 2017

पूर्वराजालाई स्वागत गर्न वीरगन्जमा उर्लियो जनमानस

King-at-Birgunj-News-2वीरगंज, १३ फागुन । महाशिवरात्रीका दिन हरेक वर्ष राजधानी काठमाण्डौस्थित पशुपति मन्दिरमा पूजाअर्चना गर्दै आउनु भएका पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाह यसपाली वीरगंज स्थित अलखिया मन्दिरमा आएर विशेष पूजाअर्चना गर्नु भएको छ । विशेष पूजाको लागि आउनु भएका पूर्व राजालाई स्थानीय सर्वसाधारण र राजसंस्था समर्थकहरूले भव्य स्वागत गरेका छन् ।
अपरान्ह ४ः३० मा अलखिया मन्दिरमा आइपुग्नु भएका पूर्वराजाको स्वागतमा एक घण्टा अघि देखि यस क्षेत्रका ठूलो संख्याका बासिन्दा, सर्वसाधारण नागरिक, महिला, पुरुष, वृद्ध, युवाहरू लामबद्ध भएर बसेका थिए । पूर्वराजाको सवारीस“गै समर्थकहरूले राजा आउ देश बचाउ, राजा कसको जनताको, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राजा जनता एक हौं भन्ने नारा लगाएर जयजयकार गरेका थिए ।
अलखिया मठ शिवालयमा विशेष पूजा सम्पन्न भएपछि पूर्वराजा शाह अलखिया मठबाट वीरगंजको मूख्य सडक हु“दै पैदल यात्रा गरी माइस्थान स्थित प्रसिद्ध गहवामाई मन्दिरसम्म जाने क्रममा हजारौंको संख्यामा उपस्थित शुभेच्छुक एवं सर्वसाधारण नागरिकहरूले फूलगुच्छा, फूलमाला तथा फूलको वर्षा गर्दै जयजयकार गरेका थिए । सो क्रममा पूर्वराजाले पुष्पगुच्छा एवं फूलमाला ग्रहण गर्दै उपस्थित जन समुदायलाई हात हल्लाएर अभिवादन गरेका थिए । त्यसपश्चात पूर्वराजाले माइस्थान मन्दिरमा पनि विशेष पूजाअर्चना एवं दर्शन गर्नु भएको थियो ।
पूर्वराजाको सवारीको क्रममा सर्वसाधारणको बाक्लो उपस्थिति र भीडभाडलाई व्यवस्थित गर्न सुरक्षाकर्मी एवं स्वयंसेवकहरूलाई हम्मे हम्मे परेको थियो ।
पूर्वराजाको स्वागतको लागि विभिन्न राष्ट्रवादी संघसंगठनका पदाधिकारी एवं सर्वसाधारण नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो भने जनकलाल साह नेतृत्वको नेपाल राष्ट्रवाद संघ केन्द्रिय कार्यालय र जिल्ला कार्यालयले वीरगंजको विभिन्न ठाउ“मा ब्यानर र राष्ट्रिय झण्डा लगाएर राजाको स्वागतको तयारी गरेको देखिएको थियो । त्यस्तै राजभक्त देशभक्त समुहका पशुपति रौनियारले आप्mनो घर अगाडी पूर्वराजा रानीको तस्विर अंकित ब्यानर लगाई स्वागत गरेका थिए ।
धर्मपत्नी पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह एवं मूख्य सचिव सागर तिमल्सिनाका साथमा गत फागुन ५ गते राजधानी काठमाण्डौबाट सिमरा आइपुग्ुनु भएका पूर्वराजा दुई हप्ते भ्रमणको क्रममा चितवनको सौराहा, मकवानपुर भ्रमण गर्नुभएको थियो ।
बिहीबार सिमरास्थित बालशखा प्रभु शमसेर जबराको निवासमा बारा, पर्सा, रौतहट, मकवानपुर लगायत विभिन्न जिल्लाका सर्वसाधारण नागरिकहरूले भेटघाट गरी देशको वर्तमान राजनीतिक अवस्थाबारे राजा समक्ष जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक