नेपालका लागि नयाँ भारतीय राजदूत : को हुन् मन्जीव सिंह ?

Manjeev-Singh-Puriकाठमाडौं, १९  फागुन — भारतीय सरकारले मन्जीवसिंह पुरीलाई नेपालको राजदूतमा नियुक्त गर्ने गरी नेपाललाई प्रस्तावपत्र पठाएको छ । नेपालले भारतको प्रस्तावलाई अनुमोदन गरेपछि उनी नेपालको राजदूतको रूपमा नियुक्त हुन्छन् ।

पुरी यसभन्दा अघि भारतका लागि युरोपियन युनियन, बेल्जियम र लक्जेम्बर्गका राजदूत थिए । रणजीत राय आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर बुधवार दिल्ली फर्किन लाग्दै गर्दा पुरी राजदूतमा नियुक्त भएका हुन् ।

पुरीले त्यसभन्दा अघि संयुक्त राष्ट्रसंघका लागि पनि भारतीय प्रतिनिधिको रूपमा काम गरिसकेका थिए । उनले सन् १९८२ मा भारतीय परराष्ट्र सेवामा काम शुरु गरेका थिए ।

उनले सन् २००९ देखि २०१३ सम्म संयुक्त राष्ट्रसंघको प्रतिनिधि बनेर काम गरेका थिए । उनी सन् २०११ देखि २०१३ सम्म भारतीय सुरक्षा परिषद्को सदस्य समेत थिए ।

पुरी दिगो विकास र वातावरण संरक्षणका सम्बन्धमा भारतीय प्रतिनिधिमण्डलका संयोजक समेत थिए । रियो द जेनेरियोमा सन् २०१२ मा भएको संयुक्त राष्ट्रसंघको सो सम्मेलनमा उनी टोली नेता थिए ।

सन् २००९ मा उनी जलवायु परिवर्तनसम्बन्धी आर्थिक फोरम तथा सम्मेलनमा पनि भारतको तर्फबाट प्रतिनिधि थिए । उनले एसिया प्यासिफिक क्षेत्रका देशहरूको विकास तथा जलवायुसम्बन्धी भारतको प्रसिद्ध संस्था इनर्जी एन्ड रिसोर्सेस नामक संस्थामा पनि सल्लाहकारको भूमिकामा काम गरेका थिए ।

सन् २००५ देखि २००९ सम्म उनी भारतीय परराष्ट्र मन्त्रालय अन्तर्गतको संयुक्त राष्ट्रसंघीय इकाइको प्रमुख भएर समेत काम गरेका थिए । उनले विश्वव्यापी आर्थिक तथा विकासका क्षेत्रमा काम गरेका छन् ।

वातावरण संरक्षण, दिगो विकास, मानवअधिकार, बसाइसराइ तथा अन्य मानव सरोकारका विषयमा समेत उनी जानकार छन् ।
उनी २००५ मा भएको जि८—जि५ सम्मेलनमा पनि भारतीय प्रतिनिधिमण्डलमा थिए भने बसाइसराइ र विकास नामक विश्व सम्मेलनमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

उनले परराष्ट्र मन्त्रालयमा सेवा गरिरहँदा दुईपटकसम्म जर्मनीमा बसेर समेत काम गरेका थिए । उनले जर्मनीमा भारतीय परम्परासम्बन्धी निकाय स्थापनामा समेत भूमिका निर्वाह गरेका थिए । उनले त्यसबेला जर्मनीमा भारतीय संस्कृतिसम्बन्धी संस्थामा काम गरेका थिए ।

उनले भारतीय परराष्ट्र मन्त्रालयको तर्फबाट थाइल्यान्ड, भेनेजुएला, दक्षिण अफ्रिका, ओमान लगायतका देशमा समेत काम गरेका छन् ।

पुरी सन् १९५९ मा जन्मिएका हुन् । उनले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । सरकारी सेवा शुरु गर्नुभन्दा अघि उनले हिन्दुस्तान युनिलिभरमा काम गरेका थिए ।

उनलाई भारतको दिल्ली विश्वविद्यालयले मानार्थ बिएको उपाधी दिएको छ । उनले नम्रता पुरीसँग विवाह गरेका छन् भने उनीहरूका दुई सन्तान छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल