October 31, 2018

नेताका छोरी-बुहारी बढुवा गर्न परराष्ट्रमा दरबन्दी थप्ने तयारी

शक्तिशाली उच्चपदस्थ व्यक्तिका छोरी बुहारीको बढुवा गर्नका लागि परराष्ट्र मन्त्रालयमा अनावश्यक दरबन्दी थप्ने तयारी भएको छ।

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीकी छोरी इला मैनाली र नेकपा महासचिव विष्णु पौडेलकी बुहारी प्रणिता अधिकारीसहित प्रभावशाली व्यक्तिका नातेदारलाई बढुवा गर्न परराष्ट्र मन्त्रालयमा अनावश्यक दरबन्दी थप्न तयारी भएको हो। यससँगै पूर्वशसस्त्र प्रहरी प्रमुख सनद बस्नेतकी छोरी शिवानी बस्नेत लगायतका उच्चपदस्थ शाखा अधिकृत तहका नातेदारलाई उपसचिवमा बढुवा गर्न दरबन्दी थप्न सरकारमाथि दवाब परेको हो।

परराष्ट्रमा शाखा अधिकृतमा ७ र उपसचिव ११ जनाको दरबन्दी थप गर्ने तयारी गरेको हो।

उच्च पदस्थ पदाधिकारीका छोरी बुहारी बढुवालार्इ ध्यानमा राखेर परराष्ट्र मन्त्रालयले दोस्रो पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रस्ताव पठाएको छ। यसअघि परराष्ट्रले पठाएको प्रस्ताव सामान्य प्रशासनका तत्कालिन सचिव शंकर कोइरालाले अनावश्यक काममा राज्यलाई व्ययभार थपिने भन्दै फिर्ता पठाइदिएका थिए। अहिले सो कार्यक्रम अघि बढाउन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र सचिव दिनेशकुमार थपलिया सहमत भएपछि पुन पठाइएको हो।

यो विषयमा कुराकानी गर्न प्रयास गर्दा परराष्ट्र मन्त्रालय, प्रशासन महाशाखा प्रमुख सहसचिव मणिप्रसाद भट्टरार्इ सम्पर्कमा आउन चाहेनन्।

सरकारले संघीय मन्त्रालयहरुको दरबन्दी यसअघि नै स्वीकृत गरिसकेको छ। परराष्ट्रको प्रस्ताव स्वीकृत गर्न यसअघिको दरबन्दी संशोधन गर्नुपर्छ। सरकारको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिमा सामान्य प्रशासन मन्त्रालयका सचिव संयोजक रहने व्यवस्था छ। परराष्ट्रमा दरबन्दी थप्दा अन्यत्रभन्दा बढी आर्थिक भार सिर्जना हुन्छ।

परराष्ट्रमा दरबन्दी थप्न राजनीतिक चासो
संघीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेशकुमार थपलिया २०७६ वैशाख १४ देखि ५८ वर्षे उमेर हदका कारण अवकास पाउँदैछन्। बैशाखमा अवकाश पाउने भएका उनी सचिवको उमेर हद ५८ बाट बढाएर ६० पुर्याउन र सचिवको पदावधि २ वर्ष थप्ने लविङमा छन्। नेता पौडेल र लोकसेवा अध्यक्ष मैनालीलाई खुसी बनाउन परराष्ट्रको दरबन्दी थप्ने र आफ्नो सेवाकाल बढाउन सरकारको नीति परिवर्तन गर्ने उनको रणनीति रहेको सामान्य प्रशासन मन्त्रालयकै एक सहसचिव बताउँछन्।

संघीय मन्त्रालयहरूकाे दरबन्दी केही अघि मात्र स्वीकृत भएकाे अवस्थामा अहिले फेरि परराष्ट्रमा दरबन्दी थप गर्न अावश्यक नरहेकाे सामान्य प्रशासन मन्त्रालयका ती सहसचिव बताउँछन्। ‘कहाँ कति कर्मचारी अावश्यक छ भनेर केही अगाडि मात्रै संघीय मन्त्रालयहरूकाे दरबन्दी निर्क्याैल गरिएकाे हो। अहिले नै त्यहाँ (परराष्ट्रमा) दरबन्दी आवश्यक छैन’, नाम उल्लेख नगर्ने शर्तमा ती सहसचिवले भने, ‘त्योभन्दा कर्मचारी दरबन्दी जरूरी भएका निकाय अरू धेरै छन्। तर यो विषयमा राजनीतिक तहको उच्च चासो छ। राजनीतिक र प्रशासनिक दवाब रहेकाले टार्न नसकिने अवस्था छ।’

सामान्य प्रशासन सचिवको संयोजकत्वको ‘ओएण्डएमु समितिको सिफारिस मन्त्रिपरिषदले अनुमोदन गरेपछि दरबन्दी थप हुन्छ। ‘यसअघि अाएकाे यही प्रस्ताव सचिवको अडानका कारण फिर्ता भएको थियो अहिलेका सचिव त्यो अडान लिन सक्ने अवस्थामा हुनुहुन्न’, ती सहसचिव भन्छन्।

२०७४ फागुनमा केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएपछि संघीय सरकारका निकायमा कर्मचारी संख्या चुस्त राख्ने नीतिस्वरूप दरबन्दी घटाइएको थियो। यही नीतिअनुसार सामान्यले अन्य मन्त्रालयमा कर्मचारी दबरबन्दी घटाउने, करारमा रहेकालार्इ अवकास दिनेसहितका निर्णय गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक