कात्तिक महीनाभित्र नेकपाका सम्पूर्ण कमिटीलाई पूर्णता दिइन्छ : नेता रावल

नेकपा स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुुर रावलले स्थानीय तहमा पार्टीको समायोजनको काम चाँडो सम्पन्न हुने बताएका छन् । नेता रावलले सदरमुकाम मङ्गलसेनमा अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै पार्टी समायोजनको काम चाँडो सम्पन्न गर्ने गरी काम गर्न सबै नेता कार्यकर्तालाई निर्देशन दिए ।

नेता रावलले कात्तिक महीनाभित्र पार्टीका सम्पूर्ण कमिटीलाई पूर्णता दिने योजना रहेको बताए । जिल्ला कार्यदल र स्थानीय तहमा गठित कार्यदलले मातहतका कमिटी समायोजनका काममा तीव्रता दिइरहेका बेला काममा थप तीव्रता दिन रावलले निर्देशन दिए ।

नेता रावलले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टीको एकीकरण भएपछि पार्टीका गतिविधि अघि बढ्न नसक्दा विपक्षीले विरोध गर्ने मौका पाएको बताए । अब पार्टीले पूर्णता पाएसँगै गाउँगाउँमा गएर सरकारले ल्याएका लोकप्रिय कार्यक्रमबारे जनतालाई जाकारी गराउन नेता कार्यकर्तालाई आग्रह गरे ।

अगुवा कार्यकर्ता भेलामा नेकपाका केन्द्रीय सदस्य शरदसिंह भण्डारी, राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, नेकपा नेता झपट साउद, प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटी, नेकपाका प्रस्तावित जिल्ला अध्यक्ष बमबहादुर बिसी, कार्यदल सदस्य बमबहादुर रावतलगायतका नेताले धारणा राखेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक