उत्तर कोरियामाथि आक्रमण नगर्न अमेरिकालाई चीन र रुसको चेतावनी

BigThree900x524_c1-0-899-524_s885x516

एजेन्सी : उत्तर कोरियाको सवालमा अमेरिकाले गरिरहेको बक्तव्यवाजीप्रति रुस र चीन दुवैले अमेरिकालाई कडा चेतावनी दिएका छन् । शुक्रबार बसेको सयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको विषेश बैठकमा दुवै देशका प्रतिनिधिले अमेरिकाले चाल्ने गलत कमदको परिणाम भयानक हुने चेतावनी दिएका छन् ।

 यसै सुरक्षा परिषद्को बैठ्कमा बोल्दै चिनया विदेश मन्त्री ‘वाङ जी’ले पनि उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको खतरालाई बहाना बनाइ गरिने कुनै पनि किसिमको सैन्य कार्वाही आफूलाई मान्य नहुने चेतावनी दिए । उनले भने ‘शक्तिको प्रयोगले कुनैपनि समस्या समाधान हुँदैन । यस्ता कदमले झन ठूला समस्या निम्त्याउँछ । ‘

अमेरिकाका विदेशमन्त्री ‘रेक्स टेलरसन’ले सुरक्षा परिषदलाई सम्बोधन गर्दै उत्तर कोरिया विरुद्धको कारवाहीमा सहयोग गर्न अन्राष्ट्रिय समुदायसँग आग्रह गरेका थिए । उनले चीनले उत्तर कोरियामाथि रहेको आफ्नो प्रभावको प्रयोग गरेर उत्तर कोरियाको बिनाशक हतियार नष्ट गर्न दवाव दिनुपर्ने धारणा व्यक्त गरे । टेलरसनले चीनले पनि उत्तर कोरियामाथि व्यापर, सहयोग लगायतका कुरामा प्रतिबन्ध लगाउनु पर्ने कुरातर्फ संकेत गर्दै उत्तर कोरियाको व्यालेष्टिक मिसाइल कार्यक्रमलाई निस्तेज पार्नका लागि उसलाई व्यापक दवाव सिर्जना गर्न अभियान चलाउनु पर्ने मागे गरे ।

टेलरसनले अगाडि भने, ‘संसारको सुरक्षा खतरासँग जोडिएको यस मुद्दामा अहिले कारवाही गर्न रोकिए यसको परिणाम विनाशकारी हुन्छ ।’ ,दक्षिण कोरिया र जापानमाथि उत्तर कोरियाद्वारा परमाणु हमला गर्ने खतरा निकै रहेको र उसले अमेरिकी इलाकामा समेत आक्रमण गर्न सक्ने गरी शक्ति विस्तार गरिरहेकाले यस कार्यमा उसलाई रोक्नु जरुरी छ ।’
सुरक्षा परिषदमा टेलरसनले भने ‘अनेकौं प्रतिबन्ध र चेतावनीलाई उत्तर कोरियाले वेवास्ता गर्दै आएकाले उसमाथि नयाँ किसिमको दवाव सिर्जना गर्न खतरनाक बाटो अपनाउने समय आएको छ ।’

उत्तर कोरियाले कुनै कदम चाल्नु अगावै उसमाथि कारवाही गनुपर्ने भएकाले त्यसका लागि सहयोग गर्न टेलरसनले अन्तराष्ट्रिय समुदायलाई आग्रह गरे।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल