” आफैँ मिर्गौला पीडित प्रधानमन्त्रीले बिरामी जनतालाई ५ हजार दिन किन कटौती ? “

dipak_bohora_mBNITEAbPk

पुस ३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहाेराले मिर्गौला बिरामीलाई दिन सुरु गरिएको भत्ता कटौती गरिएकोमा आपत्ति जनाएका छन् । 

बिहीबार एक विज्ञप्ति जारी गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका बोहाेराले प्रधानमन्त्री स्वयम् मिर्गौला रोगी हुँदा पनि अन्य बिरामीले पाउने भत्ता कटौती भएकोमा आपत्ति जनाउँदै उनीहरु सडक आन्दोलनमा उत्रिनु परेको बताए ।  

उनले विज्ञप्तिमा भनेका छन्, ‘स्वयं प्रधानमन्त्री मिर्गौला बिरामी हुन् र डायलसिसमा हुनुहुन्छ । म स्वास्थ्य मन्त्री रहँदा सरकारका तर्फबाट मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीको उपचार गराई राखेका बिरामीलाई जीविकोपार्जन र सामान्य औषधिको अभाव नहोस् भनेर मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरिएको थियो र त्यसको सुरुवात पनि भएको थियो। तर, त्यसपछि बनेको वर्तमान सरकारले सो सुविधामा कटौती गर्‍यो। अहिले उक्त रोगका बिरामीले भत्ताबाट बन्चित भएपछि बिरामीले सडक आन्दोलन गर्नुपरेको छ।’Image may contain: text

उनले यस्तो अवस्था आउनुमा नेपाल सरकार जिम्मेवार रहेको जनाउँदै स्वास्थ्य सुविधा कटौती गर्ने सरकारको निर्णयप्रति खेद प्रकट गरे ।  

बिरामीहरूको लागि बितरण गरिने भत्ताको यथोचित व्यवस्था समेत गरिसकेको अवस्थामा सो निर्णय वर्तमान सरकारबाट किन बदर गरियो ? भन्दै प्रश्न समेत गरेका छन् ।  

‘अगाडिको सरकारले गरेको लोकप्रिय निर्णय भएकोले ? के त्यो निर्णयले त्यो अशक्त बिरामीहरूलाई फाइदा हुन्थेन ? के त्यो निर्णय बिरामीको हितमा थिएन ?’, उनले प्रश्न गरेका छन् ।  

उनले बिरामीलाई उक्त सुविधा तत्काल उपलब्ध गराउन समेत माग गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक