आजका पत्रिकाहरुमा के के समाचार छपिए :मधेसी मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

patrapatrika-bimal-1-1-450x350२ चैत, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता भएको समाचारलाई बुधबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले फ्रन्टपेजमा स्थान दिएका छन् । मोर्चाले आफ्नो माग सम्बोधन गर्न सरकारलाई एक एकहप्ते अल्टिमेटम दिएको दिएको थियो ।2C0A0031

 

भरतपुर- बर्दघाट प्रसारण लाइन निर्माणमा चिनियाँ ठेकेदारले लापर्बाही गरेको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले खास महत्व दिएको छ ।

नयाँ पत्रिका दैनिकमा सर्वोच्च अदालतले राजनीतिक र प्रशासनिक विषयमा हात हालेर विषयलाई पेचिलो बनाएको समाचारले महत्वपूर्ण स्थान पाएको छ ।

धेरै विद्यार्थी भर्ना हुने तर परीक्षा दिने बेला विद्यार्थी घट्ने गरेको सन्दर्भमा नागरिक दैनिकले ‘कहाँ हराए ८ लाख विद्यार्थी ?’लाई मुख्य समाचार बनाएको छ । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीले अकुत सम्पत्ति आर्जन गरेको भन्दै सांसदहरुले छानबिनको माग गरेको समाचारले प्राथमिकता पाएको छ ।

2C0A0028‘संविधान मिचेर स्थानीय तह कार्यान्वयन’ शीर्षकको समाचारलाई राजधानी दैनिकले महत्व दिएको छ । त्यस्तै नेपालमा भारतीय लगानी घट्नुको कारणबारेको स्टोरीलाई एंकर न्यूज बनाएको छ ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले ६ वर्षअघि मारिएका वासुदेव साहले क्षतिपूर्ति नपाएकोलाई कान्तिपुर दैनिकले प्राथमिकता दिएको छ । गोरखापत्र दैनिकले नेपालमा पनि ड्रोनको आवश्यकता भएकोलाई महत्वका साथ छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक