हिटलरकी प्रेमिका को र कस्ती

samia-750x578काठमाडौं – मोडलिङको सफलता पछि अभिनयमा भित्रिने अभिनेत्रीको लिष्टमा अब सामिया बर्तौला पनि थपिएकी छन् । उनले चलचित्र ‘हिटलर’ मार्फत अभिनयमा डेब्यु मारेकी हुन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनी अभिनित चलचित्रको फष्टलुक समेत सार्वजनिक गरियो । लभ स्टोरी तथा कमेडी जनराका बनेको चलचित्रमा उनी राणा खानदानकी छोरीको रुपमा देखा पर्दैछिन् ।

अष्टनारायण पिक्चर्सको प्रस्तुतीमा तयार भएको यो चलचित्र अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इनकर्पोरेटेडको सहकार्यमा तयार भएको हो ।

चलचित्रमा उनी नव अभिनेता सोहित मानन्धरको जोडी बनेकी छन् । सोहितले चलचित्रमा हिटलरको भुमिका निर्बाह गरेका छन् । आफुले खोजेजस्तै कथावस्तु चलचित्रमा पाएकोले ‘हिटलर’ मार्फत अभिनयमा डेब्यु गरेको बर्तौलाले बताइन् ।

उनले भनिन ‘चलचित्रको अफर धेरै आएपनि मैले कथावस्तु ‘हिटलर’को मात्र मन पर्यो ।

 

photo

NOC1-250x300