हर्न बजाउँदा हिरासतको बास

ललितपुर –शुक्रवार दिउँसो ठिक दुई बजेको थियो, ललितपुरको ग्वार्को चोकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले एउटा टाटा सुमोलाई रोक्न ईशारा गरे । सुमो रोकियो, नजिकै गएर प्रहरीले लाईसेन्स माग्दै सोधे, ‘हर्न किन बजाएको ?’ 
को १ ज १९२५ नम्बरको ओखलढुंगा–काठमाडौं चल्ने सुमो चालक बोल्न मात्रै के खोजेका थिए ह्वास्स रक्सीको गन्ध अयो । त्यसपछि ट्राफिक जवानले महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका इन्चार्ज सिताराम हाछेथुलाई सम्पर्क गरेर सोधे, ‘एउटा सुमोले हर्न बजाएपछि समातेको मापसे गरेको भेटियो । चिट काटेर छाड्ने हो सर ?’ 
सर्वसाधारण बोकेर हिँड्ने गाडी चालकले मापसे गरेको सुनेपछि ट्राफिक इन्सपेक्टर हाछेथु छक्क परे  ।  उनले हर्न बजाएकोमा चिट काट्न भन्दै मापसे जाँचका लागि चालक  दीपिन थापालाई अस्पताल पठाउन निर्देशन दिए । 
‘मेडिकल जाँचबाट मापसे पुष्टि भएपछि उनलाई अहिले महानगरीय प्रहरी परिसर सातदोबाटोको हिरासतमा राखिएको छ’ इन्सपेक्टर हाछेथुले भने, ‘मापसे गरेर सार्वजनिक सवारी चलाएको हुनाले चालक दीपिन थापामाथी सार्वजनिक अपराधमा मुद्धा दर्ता गरेर कारवाही अगाडी बढाईन्छ ।’ 
प्राईभेट गाडी चालकले मापसे गरेर चलाएमा सामान्य जरिवाना र एक दिन सचेतना कक्षा लिनुपर्ने भएपनि सार्वजनिक सवारीहरु जस्तै– बस, ट्याक्सि, माईक्रो, टाटासुमो जस्ता सवारी चालकलाई सार्वजनिक अपराधमा मुद्धा चलाउने कानुनी ब्यवस्था रहेको छ । 
ललितपुर बस्दै आएका दीपिन थापा ओखलढुंगबाट लिएर आएको यात्रुहरुलाई कोटेश्वरमा ओरालेर सुमो सहित आफ्नो डेरामा जाँदै थिए । गत वैशाख १ गतेदेखि उपत्यकामा हर्न निषेध गरेको हुनाले थापाले हर्न बजाएपछि प्रहरीले उनलाई रोकेको थियो । 
‘हर्न बजाउँदा आफू जेलमै परेको’ भन्दै चालक थापाले ईन्सपेक्टर हाछेथुसँग झुक्किएर हर्न थिचेको बयान दिएका छन् । 
सार्वजनिक अपराध मुद्धामा प्रमुख जिल्ला अधिकारीले चालक थापालाई २५ दिन थुनामा राखेर १ हजार देखी २८ हजारसम्म जरिवाना गर्नसक्ने कानुनी ब्यवस्था रहेको छ । जिल्ला प्रशासन कार्यालय लतिलपुरले सार्वजनिक सवारीले मापसे गरेको केशमा हालसम्म १० हजारभन्दा कम जरिवाना गरेको छैन । ट्राफिक प्रहरीले सोधपुछ गर्दा राति मापसे गरेर चलाउँदा चेकिङमा पर्ने डरले दिउँसै मापसे गरेर सुमो चलाएको थापाले बयान दिएका छन् ।  
चालक थापालाई मेडीकल रिपोर्ट सहित आवश्यक कारवाहीका लागी महानगरीय प्रहरी परिसर सातदोबाटोमा बुझाईएको ट्राफिक इन्सपेक्टर हाछेथुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको