१७ चैत, काठमाडौं । आउँदो वैशाख ३१ गते हुने स्थानीय तह चुनाव सम्पन्न गर्न सरकारलाई कम्ति चुनौती छैन । यो चुनावलाई सफलतापूर्वक सम्पन्न गर्न सरकारले ९ वटा मूल चुनौतीहरु पार लगाउनुपर्ने देखिएको छ ।
संविधान संशोधन नगरी निर्वाचन गर्न नहुने बतउँदै आएको मधेसी मोर्चा स्थानीय तहको चुनावका लागि सबैभन्दा ठूलो चुनौतीका रुपमा छ । मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन संविधानको केही धारामा नै संशोधन गनुृपर्ने हुन्छ ।
तर, त्यसमा अहिलसम्म दलीय सहमति जुटेको छैन । संविधान संशोधनको विपक्षमा मत हाल्ने निर्णय गरेका दलहरुलाई सरकार र सत्तापक्षीय दलहरुले सहमतिमा ल्याउन सकेका छैनन् ।
पूर्व निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचनका लागि सुरक्षा पनि प्रमुख चुनौतीका रुपमा रहेको बताउँछन् । ‘स्थानीय निर्वाचन चरणबद्धरुपमा गर्नुपर्ने थियो,’ उप्रेतीले भने,’सुरक्षा बन्दोबस्ती चुौतीका रुपमा छ ।’
उनले थपे,’मधेसी मोर्चाको साथमा जनजाति पनि आन्दोलित छन् कसरी चुनाव सुरक्षित हुन सक्छ रु’ निर्वाचान आयोगलाई समयको पनि निकै चाप छ । समान्यतयाः निर्वाचान मिति घोषण भएपछि १२० दिन आयोगलाई आवश्यक पर्छ । तर, ८२ दिन बाँकी हुँदा तयारी थालेको थियो ।
प्रमुख दलहरुको कमजोर र सुस्त तयारी पनि चुनावका लागि चुनौतीका रुपमा छ । निर्वाचान आयोगलाई चुनाव गराउन जनशक्तिको पनि अभाव छ । निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक १ लाख २६ हजार र मतदता शिक्षाका लागि २१ हजार कर्मचारी आवश्यक छन् । तर, यसको ब्यवस्था पनि भएको छैन ।
बदर मतको दर घटाउन मतदाता शिक्षामा पनि आयोगको कमजोर तयारी छ । स्थानीय तहको विवाद पनि अझै सकिएको छैन । प्रत्यक्ष प्रणालीमा राखिएको आरक्षण कोटाबारे पनि अन्योल छ ।
निर्वाचन अन्तर्राष्ट्रिय समुदायले पनि स्वीकार्ने वातावरण बनाउन चुनौती रहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको