सुन काण्डमा १२ जनाविरुद्ध आज सङ्गठित अपराधको मुद्दा

law-650x250काठमाडौँ, २२ फागुन । प्रहरीको केन्द्रीय अनुसनधान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर भित्रिएको साढे तेत्तीस किलो सुन पक्राउ घटनामा संलग्न १२ जनालाई पक्राउ गरी सङ्गठित अपराधमा आज मुद्दा दायर गरेको छ ।

गत पुस २० गते संयुक्त अरब इमिरेट्सको दुबईबाट गोपालबहादुर शाहीले एअर अरेबियाको उडानबाट ल्याउँदै गरेको सुनसहितको ‘लगेज’ र सो लिन गएका दिलबन्धु थापा र सन्तोष काफ्लेलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ गरी खानतलासी लिँदा प्रति १० तोला तौल भएका सुनका बिस्कुट १५२ थान, सुन जडित औँठी १९ थान, सिक्री १८ थान, बरामद गरी जम्मा ३३ केजी ५७७.४० ग्राम सुन बरामद भएको थियो ।

ब्युरोले आज आयोजना गरेको पत्रकार सम्मेलनमा ब्युरोका प्रमुख, नायब महानिरीक्षक नवराज सिलवालले सो घटनामा संलग्न दुबईमा रहेका मुख्य पाँच अभियुक्तसहित १८ जना अझै फरार रहेको जानकारी दिनुभयो ।

पक्राउ परेका १२ जनालाई सङ्गठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा अनुसन्धान कार्य सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको उहाँले बताउनुभयो ।

सुन तस्करीको मुख्य अभियुक्त काभ्रेका हरिशरण खड्का रहेको र उनी नै यो सुनको मालिक रहेको प्रहरीले जनाएको छ । यसैगरी दुबईमा बस्ने गुप्तालाल भुसाल, धु्रव, अर्र्जुनप्रसाद पोखरेल, राजुप्रसाद पन्त अभियुक्त रहेका छन् ।उनीहरूविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी भइरहेको र दुबई प्रहरीसँग समेत समन्वय भइरहेको जानकारी सिलवालले दिनुभयो ।

सुर्खेत घर भई हाल नेपालगन्ज बस्दै आएका गोपाल शाही पुस २० गतेनै आएकोमा २१ गतेमात्रै उनको सुनसहितको लगेज नेपाल आएको     थियो ।

मोरङ भई हाल काठमाडौँ गोठाटार बस्ने दिलबन्धु थापा, धनुषा जनकपुर उपमहानगरपालिका घर भई हाल बारा निजगढ बस्ने सन्तोष काफ्ले सोही दिन सुन लिन गएको अवस्थामा पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, चलाल गणेशस्थानका रामहरि कार्की, सिराहाको सिलोर्वा पछवारी घर भएका विमानस्थल भन्सारका तथ्याङ्क अधिकृत, नारायण यादव, काभ्रेपलाञ्चोकको गैरी बिसौना घर भई हाल विमानस्थलको एक्सरे मेसिन प्राविधिक राजकुमार ढकाल, भक्तपुर अनन्तलिङ्गेश्वर नगरपालिका घर भएका विमानस्थलका रेडियो अपरेट श्यामकृष्ण श्रेष्ठ च्वामु रहेका छन् ।

यसैगरी गुल्मी तम्घास गाविस घर भई विमानस्थल प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक श्यामबहादुर खत्री समेत सो घटनामा पक्राउ परेका छन् ।

वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस प्रालि न्युरोडका सञ्चालक सुनसरी धरान नगरपालिका रोजेश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ र धनकुटा नगरपालिकाका मनोज श्रेष्ठलाई पनि पक्राउ गरी ब्युरोले आज मुद्दा दायर गरेको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ