April 26, 2020

‘सामल’ सकिएको थियो, घर पठाएपछि खुसी छन् दैलेखी

नारायण नगरपालिका ३ का शिव उपाध्याय यतिबेला खुसी छन् । लकडाउनका कारण काठमाडौंमा बस्दा सामल सकिएपछि उनलाई के गरौं र कता जाउँ भन्ने भएको थियो । संघिय सांसद राजबहादुर बुढा र रविन्द्रराज शर्माको अगुवाईमा उनि घर फर्किन पाएपछि खुसि भएको बताउँछन् ।

‘दैलेखी समाजले काठमाडौंमा रही समस्यमा परेकाहरुलाई घर पठाउँदै छ भन्ने समाचार पढेँ’। डिसी नेपालसँगको कुराकानीमा उनेले भने, ‘मेरो पनि सामल सकिएको थियो, लकडाउनले गर्दा अत्यास परेको बेला घर जान पाइने भनेपछि खुसी भए । मैले समाचारमा दिएका नं. मध्ये विद्यर्थीको संयोजन गरिरहनु भएकी कल्पना थापालाई फोन लगाए । उहाँसँग कुरा गरेपछि घर जाने निश्चित भयो सर, आजै घर पुग्छु होला’।

यस्तै नारायण नगरपालिका ३ कै भुवन पाण्डे पनि घर जान पाए पछि खुसी भएका छन्। उनले पनि विद्यर्थी भएकै कारण समस्यामा परेको बताए । काठमाडौंमा बस्दा–बस्दा सबै कुरा सकियो । पैसा पठाईदिनुस् भन्न पनि सम्भव भएन र घर आएको उनले सुनाए। उनी पनि आजै घर पुग्ने छन् ।

संघीय संसदका सांसदद्वय बुढा र शर्माले अगुवाई गरेको दैलेखी समाजले हालसम्म झण्डै ७ सय बढीलाई जिल्ला फिर्ता गरिसको छ । कोरोनाका कारण देश लकडाउन भएपछि काठमाडौंमा विद्यार्थी लगाएत मजदूहरु मर्कामा परेका थिए । उनिहरुलाई २ पटक गरी गृहजिल्ला फर्काइएको हो ।

यो भन्दा पहिलो लटमा घर पुगेका महाबु गाउँपालिका ४ का विवेक आचार्य पनि खुसिले गदगद भएका छन् । अहिले होम क्यारेन्टाइनमा बसेका उनी कल्पना थापा लगाएतका नेताले घर पठाएको सुनाउछन् । उलने भने, ‘काठमडौंमा समस्यामा थिए सर, घर आउन पाए पछि त साह्रै खुसि लागेको छ। कल्पना थापा लगाएत घर पठाउन सहयोग गर्नुहुने सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद दिन चाहान्छु । होम क्वारेन्टाइनमा छु । आफ्नै लागि हो आफू पनि सुरक्षित रहन्छु र अरुलाई पनि सुरक्षित रहन अनुरोध गर्दछु।’

चामुण्डा–बिन्दासैनी ५ का राजेन्द्र साउँद पनि घर पुग्नै लागेको बताउछन् । उनले भने, ‘माननिय राजबहादुर बुढा र जिल्ला सदस्य शेरबहादुर रावतले गर्दा आरामसँग घर आउन पाएको छु । अब घरै पुग्दै छु । बाटो विग्रिएको रहेछ झोला डो¥याउँदै छु ।’

काठमाडौंमा समस्यामा परेका र घर जान पाएका यी प्रतिनिधि पात्र मात्रै हुँन । उनीहरु जस्तै झण्डै ७ सय जना घर फर्किएका छन् । स्थानीय तहको समन्वयमा काठमाडौमा रहेका नेकपाका नेता तथा कार्यकर्ताले उनिहरुलाई घर पठाएका हुन् ।

अनेरास्ववियूका केन्द्रीय सदस्य कल्पना थापाले विद्यार्थीको संयोजन गरेर काठमाडौं रही समस्यामा परेका झण्डै ४ सय विद्यार्थीलाई घर पठाएको जानकारी दिइन् । २÷४ दिनको अन्तरालमा दैलेखका ११ वटै पालिकाका झण्डै ७ सय विद्यार्थी, मजदूर र अन्य पेसा तथा व्यवसायमा रहेका मान्छेलाई घर पठाएको थापाले जानकारी दिइन् ।

काठमाडौँमा अध्ययन गर्ने विद्यार्थी, उपचारका लागि गएका नागरिक र अन्य कामका सिलसिलामा गएका ११ वटै पालिकाका नागरिकको उद्धार भइरहेको नेकपाका जिल्ला कमिटी दैलेखका सदस्य शेरबहादुर रावतले जानकारी दिए ।

ठाँटीकाँध गाउँपालिकामा करिव ६०/५ जना उद्धार गरेको उप प्रमुख सुस्मिता सिंहले जानकारी दिइन् । अहिले पालिकामा ७२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

काठमाडौँमा रहेको दैलेखका नागरिकको उद्धारमा संघीय सांसदद्वय राजबहादुर बुढा र रविन्द्रराज शर्मा, भैरवीका लागि नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल, नारायणका लागि पार्वती विशुन्के, चामुण्डा–बिन्द्रासैनी नगरपालिकाका लागि शेरबहादुर रावत, आठबीसका लागि तर्कबहादुर शाही, ठाँटिकाँध गाउँपालिकाका लागि सुस्मिता सिंह, महाबुका लागि नन्द विष्ट, नौमूलेका लागि नरबहादुर हमाल र प्रताप शाही, दुल्लुका लागि विनोदकुमार शाह, उद्धार टोलीमा खटिएका थिए । यस्तै, गुराँसका लागि टोपबहादुर बिसी, भगवतीमाई तथा डुंगेश्वरका लागि धर्मराज रेग्मी र हिक्मत थापा थिए भने र विद्यार्थीको संयोजन कल्पना थापाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको