साउदीमा ५ हजार भन्दा बढी नेपाली कामदारलाई आवासबाट निकालियो

बैशाख २९, साउदी : साउदीमा नेपाली कामदारहरू रहेका ७ वटा सप्लाइ कम्पनीले ५ हजार भन्दा बढी नेपाली कामदारलाई आवासबाट निकाली अलपत्र पार्ने काम गरेको साउदीस्थित नेपाली दूताबासले जनाएको छ । दूताबासले आवासबाट निकालिएको गुनासो आउने बितिकै साउदी सरकारका सम्बन्धित निकायलाई अनुरोध गरी पीडित कामदारहरूको आवास र खाद्यन्नको व्यवस्था गरिएको जनाएको छ ।

 काम गर्ने स्थानमा खासै जोखिम नभएता पनि काममा जान इन्कार गरेका ४६ जना नेपाली श्रमिकलाई काममा फर्किन समेत प्रेरित गरिएको दूताबासले जनाएको छ ।एनआरएन र संघसंस्थाहरुको सहयोगमा २५० भन्दा बढी कामदारलाई खाद्यान्नको व्यवस्था गरेको छ भने १२ जनालाई विभिन्न स्थानमा आवासको व्यवस्था मिलाइएको छ । १७१ जनालाई खाद्यान्नको अविलम्व व्यवस्था गर्न सम्बन्धित इजाजतपत्रवाला र रोजगारदातालाई अनुराेध गरिएको जनाएको छ ।

अलपत्र परेका श्रमिकहरुको समस्यालाई समाधान गर्दै जानु दूतावासको पहिलो दायित्व रहेको जनाउदै समस्यामा परेका विरामी, महिला, घरफिर्ति केन्द्र र सेल्टरमा रहेका, अलपत्र एवं गैरकानूनी अवस्थामा पुगेका कामदार, रोजगारी गुमाएका तथा एक्जिट लागेका लगायतका नेपालीहरुले भोग्नुपरेका समस्या र शीघ्र निकासका विषयमा नेपाल सरकारका सम्बन्धित निकायसंग आवश्यक समन्वय गरिरहेको जनाएको छ ।

कोरोना संक्रमणको पुष्टि वा आशंकामा क्वारेण्टाइनमा रहेका कैंयौं नेपालीहरु र नेपालमा रहेका कतिपयका परिवारसँग राजदूत तथा अन्य कर्मचारीले सम्पर्क गरी परिवारलाई संक्रमित वा आशंकितका बारेमा जानकारी दिईरहेको दूताबासले जनाएको छ ।

रूघाखोकी लागेका तर कम्पनीले बेवास्ता गरेको भनी दूतावासमा आएका ३७ जना नेपालीहरूलाई नं ९३७ र केहीलाई स्वास्थ्य मन्त्रालयमा फोन गरी स्वास्थ्य सेवाका लागि तोकिएको स्थानमा पठाउने व्यवस्था समेत गरेको दूताबासले जनाएको छ ।

दूतावासका कर्मचारीले पूर्वक्षेत्रका श्रम (मानव संशाधन) मन्त्रालयका महानिर्देशक र उपमहानिर्देशकसंग भेटगरी नेपाली कामदारहरुले भोगिरहेका समस्या समाधानमा सक्रिय पहल गरिदिन लिखित एवं मौखिक अनुरोध गरिएको दूताबासले जनाएको छ ।

अलपत्र परेका श्रमिकहरुको समस्यालाई समाधान गर्दै जानु दूतावासको पहिलो दायित्व रहेको जनाउदै समस्यामा परेका विरामी, महिला, घरफिर्ति केन्द्र र सेल्टरमा रहेका, अलपत्र एवं गैरकानूनी अवस्थामा पुगेका कामदार, रोजगारी गुमाएका तथा एक्जिट लागेका लगायतका नेपालीहरुले भोग्नुपरेका समस्या र शीघ्र निकासका विषयमा नेपाल सरकारका सम्बन्धित निकायसंग आवश्यक समन्वय गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको