भीमदत्तनगर, २७ साउन – सरकारी कागजात किर्ते गरी भारतबाट चोरीका सवारीसाधन भित्र्याएर यातायात कार्यालयमा दर्ता गरी किनबेच गर्दै आएका कैलाली भजनीका ३७ वर्षीय गोकुलप्रसाद श्रेष्ठलाई आज पूर्पक्षका लागि कञ्चनपुर कारागारमा पठाइएको छ ।
जिल्ला अदालत कञ्चनपुरले अभियुक्त श्रेष्ठलाई २५ लाख धरौटीमा छाड्न आदेश दिएपछि श्रेष्ठले धरौटी रकम बुझाउन नसकेपछि पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाअनुसार अभियुक्त श्रेष्ठलाई धरौटीमा छाडे पनि भन्सार ठगीमा कारबाहीका लागि समेत राय उक्त मुद्दामा पेश गरिएको छ ।
‘२५ लाख तिर्न नसकेर पूर्पक्षका लागि श्रेष्ठ कारागार पुगे ।’ प्रहरी स्रोतले भन्यो- ‘धरौटी बुझाएर छुटेपनि भन्सार कार्यालयले कारबाही चलाउँछ ।’
अभियुक्त श्रेष्ठले भारतबाट चोरीका सवारी साधन आयात गरी भीमदत्तनगर र धनगढीमा रहेका महाकाली एंव सेती अञ्चल यातायात कार्यालयमा दर्ता गरी किनबेच गर्दै आएका थिए ।
श्रेष्ठले किर्ते गरी किनबेच गरेका नौ थान जिप÷कार र ३६ वटा मोटरसाइकलसमेत प्रहरीले बरामद गरेका छन् । बरामद गरिएका ती सबै सवारी साधन आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
अभियुक्त श्रेष्ठबाट सवारी साधन खरिद गर्नेहरु भने पीडित बनेका छन् । खरिदकर्ताहरुको लाखौं रकम डुबेको छ । भन्सार लिलाम कागजात किर्ते लगायतका कागजात बनाएर सवारी साधन दर्ता गरी बिक्री गर्दै आएका श्रेष्ठबारे सवारी साधन अञ्चलीकरण गर्ने क्रममा सोको रहस्य बाहिर आएको थियो । रासस
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको