June 17, 2017

सरकारले नै गर्‍यो विवाह र सेक्सको अपिल

एजेन्सी । केही यस्ता राष्ट्रहरु छन् जहाँ सरकार बढ्दो जनसंख्यालाई रोक्न धेरै नीति तथा कार्यक्रमहरु ल्याउने गर्छन् । तर, कतिपय राष्ट्रमा जनसख्या कम हुँदै गएपछि सरकार विवाह गर्न र बच्चा पाउन विभिन्न अफर जनतालाई दिने गरेको छ ।

विवाह र सेक्सका लागि सरकारले पैसा बाढ्ने नीति लिएको छ । देशको जनसंख्यामा निकै कमी आएपछि र जनताहरु सेक्स र विवाहप्रति चासो देखाउन छाडेपछि सरकार यस्तो निर्णय लिन बाध्य भएको हो ।

जापानका धेरै जनताहरु काममा व्यस्त रहने गर्छन् । तर, अब सरकारले जनतालाई विवाह गर्न र सेक्स गर्न आवाह्न गरेको छ । यो देशका धेरै मानिसहरु सेक्सप्रति रुची देखाउन छाडेका छन् । विवाहितहरुको संख्या पनि अत्यन्त न्युन रहेको छ । यो परिस्थितिलाई परिवर्तन गर्न हाल जापान सरकार लागिपरेको छ ।

जापानमा बुढेसकाल लागेकाहरुको मानिसहरुको संख्या सबैभन्दा धेरै रहेको छ । विश्वमा सबैभन्दा धेरै बुढा मानिसहरु भएको राष्ट्र पनि जापान नै पर्छ ।यो पिढीले विवाह नगरेकै कारण बच्चाहरु नभएका हुन् ।सरकारले बच्चा पाउन तथा विवाहका लागि पैसा समेत दिने नीति लिएको छ । तर कामका कारण परिवार बनाउने फुर्सद जापानी जनताहरुसँग रहेको छैन ।जापानमा १८ देखि ३४ वर्षसम्मका अविवाहित पुरुषहरु ७० प्रतिशतको हाराहारिमा रहेका छन् । ६० प्रतिशत अविवाहित महिलालाई सेक्समा रुची नै छैन । त्यतिबेला चिन्ताजनक अवस्था झन् थपियो जब ४२ प्रतिशत पुरुष र ४४।२ प्रतिशत महिलाले आफु भर्जिन रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको