April 4, 2020

समस्यामा परेका विद्यार्थीलाई आफ्नो विवरण उपलब्ध गराउन क्यानबारास्थित दूतावासको आह्वान

क्यानबारास्थित नेपाली राजदूतावासले कोरोनाका कारण अष्ट्रेलिया तथा न्युजिल्याण्ड , फिजीलगायतका प्रशान्त क्षेत्रमा समस्यामा परेका नेपाली विद्यार्थीहरुको विवरण संकलन गर्ने भएको छ ।

कोरोनाबाट प्रभावित विद्यार्थीको विवरण संकलन गरेर समाधानको लागि पहल गरिने दूतावासले जनाएको छ ।अप्ठ्यारोमा परेका विद्याथीले आफ्नो समस्या राजदूतावासको वेभसाइटमा उपलब्ध गराइएको फारम भरेर जानकारी गराउन अनुरोध गरिएको छ ।

उक्त फारममा आआफ्नो नाम थर, ठेगाना, अभिभावकको विवरण, आफू अध्ययनरत विश्व विद्यालय र कलेजको नाम, ठेगाना, इमेल,सम्पर्क नम्बर,आफूलाई यहाँको विश्वविद्याल र कलेजमा पठाउने शैक्षिक परामर्शदाताको नाम, सम्पर्क नम्बर, इमेल तथा सम्बन्धित विश्व विद्यालयको अन्तर्रा्ष्ट्रिय विद्यार्थी सम्बन्धी मामिला हेर्ने पदाधिकारीको नाम एवम् आफूलाई परेको समस्यालगायतका विवरणहरू उपलब्ध गराउन अनुरोध गरेको छ ।

राजदूतावासले अष्ट्रेलिया, न्युजिल्याण्ड, फिजीलगायतका प्रशान्त क्षेत्रमा रहेका विद्यार्थी समस्या नजिकबाट हेर्नुका साथै समाधानका लागि प्रयास गरिरहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको