सप्तरी, २७ फागुन । नेकपा (एमाले)को मेची – महाकाली अभियानअन्तर्गत सोमवार सप्तरीमा प्रहरीको गोली लागेर गम्भीर घाइतेमध्येका थप एक जनाको आज मृत्यु भएको छ । यो सँगै सप्तरीमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार सप्तरीको जमुनी मधेपुरा गाविस– १ का ५० वर्षीय इनरदेव यादवको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आज मृत्यु भएकोे हो । उनको पेटमा गोली लागेको थियो ।
यसअघि प्रहरीको गोलीबाट मलेठ गाविस – २ का २५ वर्षीय सञ्जन मेहता, मलेठ– ४ का ५० वर्षीय पीताम्बर मण्डल, प्रसवनी–४ टेङरीका ३५ वर्षीय सिनियर अहेब आनन्दकुमार साह र मलेठ– ४ का वीरेन्द्र महतोको मृत्यु भएको थियो ।
एमालेको मेची – महाकाली अभियानलाई विरोध गर्न राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा गएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा सो घटना भएको थियो । सो झडपमा परी दुईदर्जन घाइते भएका थिए ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी