people Nepal » शिक्षा नियमावली निजीक्षेत्र अनुकूल हुनुपर्ने शिक्षा नियमावली निजीक्षेत्र अनुकूल हुनुपर्ने – people Nepal

शिक्षा नियमावली निजीक्षेत्र अनुकूल हुनुपर्ने

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले निर्माणाधीन शिक्षा नियमावलीमा निजी क्षेत्रको लगानीको सुरक्षा र लगानीमैत्री वातावरण नदेखिएको जनाएको छ।

प्याब्सनको १३ औँ महाधिवेशनबाट नवनिर्वाचित नेतृत्वले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा निजी क्षेत्रका लागि सो नियमावली आफूहरुको लगानीको सुरक्षा र लगानीमैत्री वातावरणको अपेक्षा अनुकूल नभए अस्वीकार गर्ने जनाएको छ।

शिक्षा मन्त्रालयले चाँडै नियमावली जारी गर्ने तयारी गरेको सन्दर्भमा प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले निजी क्षेत्रप्रति राज्यले प्रदर्शन गरिरहेको व्यवहार सन्तोषजनक नभएको बताए। रासस