शक्तिकेन्द्रको साथमा सुन तस्कर हुने गरेको खुलासा

फागुन २३ काठमाडौं – सुन पसलकै मालिकहरुले शक्तिकेन्द्रको दुरुपयोग गरी सुन तस्करी गरेको खुलेको खबर आजका पत्रपत्रिकामा छापिएको छ । प्रशासनिक तथा राजनीतिक शक्तिकेन्द्रको दुरुपयोग गरी उनीहरुले सुन तस्करी गरेको प्रहरीले दाबी गरेको यो खबर आजको राजधानीमा छ ।

झन्डै डेढ महिनाअघि राजधानीबाट पक्राउ परेको ३३ किलो सुन तस्करीमा राजधानीका दुई नाम चलेका सुन पसलको मालिक संलग्न रहेसँगै शक्तिकेन्द्रको दुरुपयोग भएको समेत प्रहरीले जनाएको छ ।

सीआईबीले गरेको अनुसन्धानका क्रममा न्युरोडमा रहेको आरके ज्वेलर्सका सञ्चालक रोजेन्द्र के शाक्य, मालिका शाक्य र सालिमार ज्ेवलर्सका मालिक रामकृष्ण गोयल, कुसुम गोयल, राहुलको संलग्नता रहेको तथ्य सार्वजनिक भएको हो ।

उनीहरु पक्राउ नपरिसकेकाले कुन कुन शक्तिकेन्द्रको दुरुपयोग गरे भन्ने बिषयमा थप अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ ।

 

 

photo

NOC1-250x300