विप्लवका २१ कार्यकर्ता पक्राउ

चितवन, २६ वैशाख । निर्वाचन विरोधी गतिविधिमा सक्रिय नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्तालाई प्रहरीले विभिन्न मितिमा नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सो पार्टीका केन्द्रीय सदस्य एवम् अखिल नेपाल शिक्षक सङ्गठन चितवनका अध्यक्ष कृष्णबहादुर परियार, अखिल नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष विष्णु कोइरालालगायतका नेता कार्यकर्ता पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये नौ जना नेकपाले गठन गरेको सैन्य दस्ताका रहेको प्रहरी उपरीक्षक दीपक थापाले बताए ।

एक साताअघिदेखि निर्वाचन विरोधी गतिविधिमा सो पार्टी सक्रिय भएसँगै प्रहरीले नियन्त्रणलाई तीव्रता दिएको छ । सो पार्टीले ठाउँ ठाउँमा पेट्रोल बम प्रहार गर्नाका साथै निर्वाचन विरोधी गतिविधि बढेसँगै सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

जिल्लाका संवेदनशील स्थल र सहरी क्षेत्रका चोक चोकमा प्रहरी तैनाथी बढाइएको छ । उपरीक्षक थापाका अनुसार तीन हजार दुई सय नेपाल प्रहरी र एक हजार दुई सय ५५ म्यादी प्रहरी परिचालन गरिएको छ । जिल्लालाई १० मुख्य क्षेत्रका रुपमा विभाजन गरेर सुरक्षा मजबुत गराइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ