विदेशी नागरिकता लिइसकेपछि पनि पैतृक सम्पत्तिमा पूर्ण हक

विदेशी नागरिकता लिइसकेका गैरआवासीय नेपालीको समेत नेपालमा पैतृक सम्पत्तिमाथि हक लाग्ने व्यवस्था मुलुकी देवानी (संहिता) २०७४ ले गरेको छ । संहिताको दफा ४३३ मा गैरआवासीय नेपाली नागरिकता पाएकाले अंश या अपुताली दुवै पाउने व्यवस्था छ । उसले नेपालमा अचल सम्पत्ति खरिद गर्न र बन्धकीमा लिनसमेत पाउने संहिताले स्पष्ट पारेको छ ।

‘नेपाली नागरिकता त्यागी विदेशी नागरिकता लिइसकेका गैरआवासीय नेपालीसमेत नेपालमा पैतृक सम्पत्तिको अंशियार हुने कानुनी व्यवस्था छ । नेपाली नागरिकता त्याग्दैमा कोही पैतृक सम्पत्ति वा अंशबाट विमुख हुँदैन । पैतृक सम्पत्ति या अंशमाथि वंशको हक लाग्छ,’ कानुन मन्त्रालयका एक अधिकारीले भने ।

 

photo

NOC1-250x300