जम्मा २९ वडा रहेको महानगरमा प्रमुख पदका लागि १४ तथा अन्य पदका गरी ६३४ जनाले उम्मेदवारी दिएका थिए । कुल एक लाख १२ हजार ९२३ मतदाता रहेको महानगरपालिकामा ८९ हजार २१४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन् ।
आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँका सबै छ स्थानीय तह महानगरसहित दुई नगरपालिका र तीन वटै गाउँपालिकामा मतगणना जारी छ ।
जारी मत गणनामा:
महानगरप्रमुख पदमा
नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ३६७ मत
नेकपा (एमाले) का हरिकृष्ण ब्यञ्जनकार ३०९ मत
नेकपा (माओवादी केन्द्र) का दिनेश महर्जन ११२ मत
उपमेयर
नेपाली काँग्रेसका उम्मेदवार गीता सत्याल — ३५३ मत
नेकपा (माओवादी केन्द्र) का हसिना शाक्य — ११७ मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुकाजी प्रधान — ६३ मत
ललितपुरका अन्य नतिजा