राधानीमा अब थोत्रा गाडी गुडदैनन् : गुडे जफत हुन्छ

फागुन १८

 

काठमाडौं – सरकारले २० बर्ष पुरानो सार्वजनिक सवारी साधन चलाउन बुधबार (आज)बाट निषेध गर्दैछ । थोत्रा गाडी वातावरण प्रदुषण वृद्धि एवं सडक दुर्घटनाको प्रमुख कारण बनेको भन्दै देशभरिबाटै हटाउन लागिएको हो ।

यातायात व्यवसायीले अटेर गरी २० बर्षे पुराना सवारी साधन सडकमा निकाले जफत गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका प्रवक्ता टोकराज पाण्डेले २० बर्ष नाघेका कालो नम्बर प्लेट (भाडा)का बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेम्पो बुधबारदेखि स्वत अवैधानिक हुने बताएको छ ।

 

photo

NOC1-250x300