राजेन्द्र महतो: गाउँ/नगरपालिकाको प्रमुख बन्न मधेसी जनताले आन्दोलन गरेका होइनन्

rajendra-mahato-768x512

धनुषा जेठ २५–राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो गाउँपालिका तथा नगरपालिकाको प्रमुख बन्न र बनाउनका लागि मधेशी जनताले आन्दोलन नगरेको बताउँदै अधिकारका आन्दोलन भएको बताएका छन् ।
उनले मधेशमा ५२ प्रतिशत जनसंख्या रहेको भन्दै त्यसको आधारमा स्थानीय तहको सँख्या बढाउँदै चुनावको वातारण तयार गरिनुपर्ने तर्क गरे ।
धनुषाको कपलेश्वरमा विहिवार आयोजित कार्यक्रममा उनले मधेशीलाई बन्चित गराएर चुनाव हुन नसक्ने चेतावनी समेत दिए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसी जनताको माग पूरा गर्न गम्भीरता देखाउनु पर्ने समेत ध्यानाकर्षण गराए ।

नेपाल लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदार र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनतालाई धोका दिएको आरोप समेत उनले लगाए ।

मधेशीको नाममा महान नेता बनेका उपेन्द्र यादवले मधेशीलाई धोका दिएको बताउँदै उनले भने, पहिलो सविधानसभा चुनावमा उपेन्द्र यादवले ५३ वटा सिट ल्याउनु भएको थियो, त्यो मत मधेशीले नै दिएको थिए, बाबुराम भट्टराईले होइन, पहाडबाट पनि त्यो मत आएको होइन ।’

मधेशबाट ठूलो नेता बनेका उपेन्द्र यादवले मधेशसँग मिल्नुपर्नेमा बाबुराम भट्टराईसँग मिलेको टिप्पणी गर्द उनले यादवले मधेशीलाई धोका दिएको कारण यसको न्याय अब मधेशी जनताले गर्ने दाबी गरे ।

उपेन्द्र यादव र विजयकुमार गच्छदारले मधेश छाडेर गएका गरेको आरोप लगाउँदै उनले अब मधेसमा राजपामात्रै बाँकी रहेको समेत दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको