काठमाडौँ, ८ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आउँदो असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा भाग लिने भएको छ । व्यवस्थापिका संसद्ले संविधान संशोधनको विवाद टुङ्गो लगाएपछि राजपा नेपाल निर्वाचनका लागि तयार भएको हो ।
बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दुई दिनसम्म चलेको पदाधिकारी बैठकले चुनावमा भाग लिनुपर्ने सुझाव नेतृत्वलाई दिएको राजपा नेपालका महासचिव जितेन्द्र सोनलले जानकारी गराउनुभयो । “के कारणले संविधान संशोधन विधेयक पारित हुन सकेन, त्यो कुराको जानकारी दिनकै लागि भए पनि राजपा नेपाल चुनावमा जानुपर्ने अवस्था रहेको छ”, उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो, “सबैलाई थाहा भएकै कुरा हो, नेकपा एमाले पार्टीका कारण संविधान संशोधन विधेयक पारित हुन सकेन, अहिले त्यो दल प्रदेश २ मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा भाग लिँदैछ, उसले त्यहाँका जनतालाई जवाफ दिनुपर्छ । ”
संविधान संशोधन विधेयक पारित नभएको कारण देखाउँदै राजपा नेपालले यसअघि दुई चरणमा भएको स्थानीय तहको निर्वाचनमा भाग लिएको थिएन । संसद्बाट भदौ ५ गते संशोधन विधेयक पारित नभएपछि राजपा नेपाल चुनावको तयारीमा जुटेको छ । राजपा नेपालले विधेयक अस्वीकृत भएको भोलिपल्ट नै पदाधिकारीको बैठक बोलाएर चुनावको विषयमा छलफल चलाएको थियो ।
छलफलमा अधिकांश पदाधिकारीले चुनावमा जान सल्लाह दिएको महासचिव सोनलले जानकारी गराउनुभयो । पदाधिकारी बैठक सम्पन्न भएलगत्तै बुधबार अध्यक्ष मण्डलको बैठक बसेको थियो । बैठकमा चुनाव चिह्न, उम्मेदवार छनोटको प्रक्रिया, चुनावी घोषणापत्र तयारी समिति लगायतका विषयमा छलफल भएको छ ।
निर्वाचन आयोगले छाता चुनाव चिह्न नदिएपछि राजपा नेपालमा आबद्ध पुराना छ दलका चुनाव चिह्नमध्ये एउटा कुनै लिने विषयमा छलफल भइरहेको छ । छलफलमा साइकल, तीर र पञ्जामध्ये कुनै एउटा लिएर चुनावमा सहभागी हुने गरी छलफल भइरहेको नेता सोनलले बताउनुभयो ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको