यी हुन् एक मत अन्तरले जित्ने उम्मेदवार

harkabhadur-saudaकाठमाडौं, १८ असार । अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार हर्कबहादुर साउद १ मतको अन्तरले विजयी भएका छन् ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका साउद १ मतको अन्तरले विजयी भएका हुन् । उनले ३ हजार १ सय ३८ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्धन्दी काँग्रेसका उम्मेदवार भीम साउदले ३ हजार १ सय ३७ मत प्राप्त गरेका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा भने काँग्रेसकी माया कुँवर ३ हजार १ सय ७३ मत ल्याई विजयी भएकी छिन् । उनकी प्रतिद्धन्दी एमालेकी सुशीला बोगटी ३ हजार १ सय १ मत ल्याएकी छिन् ।

 

photo

NOC1-250x300