यसकारण रोनाल्डोले रियल मड्रिड छोड्ने निर्णय गरेका थिए !

युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले आफुमाथि व्यापार गरेको आरोप लगाएका छन् ।

यसै सिजनको सुरुवातमा रियलका अध्यक्षसँग विवाद भएपछि उनले क्लब छोड्ने निर्णय गरेका थिए ।

बलोन डी’ओर अवार्ड प्रदान गर्ने समय नजिकिँदै जाँद फ्रान्स फुटबल (बलोन डी’ओरको आयोजक)सँग कुरा गर्दै क्रिस्टियानोले परेजले आफूमाथि व्यापार गरेको बताएका हुन् ।

क्रिस्टियानोले भने ‘पेरेजले जहिले पनि मलाई व्यापारिक आँखाले हेरे ।’

आफूसँग रियल मड्रिडको मिठो सम्झना रहेको भन्दै उनले थपे ‘अध्यक्षले मलाई दिर्घकालिन रुपमा कहिल्यै पनि सोचेनन् । जे जति काम भयो व्यापारिक रुपले मात्रै भयो । यसरी म माथि निर्णय हुन थालेपछि मैले क्लब छोड्ने निर्णय लिएको हुँ ।’

 

photo

NOC1-250x300