महिला हत्या, हिंसाका दोषीलाई कारवाही गर्न सभामुख घर्तीको निर्देशन

Onsari-Gharti-Magar-768x440काठमाडौं, २९ असार । सभामुख ओनसरी घर्तीले महिला हिंसा-हत्यकाका घटनामा संसद्को गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ती विषयमा कारवाही गर्न सरकारलाई निर्देशन दिएकी छन् ।

यसअघि व्यवस्थापिका–संसद्को बिहीबारको बैठकमा समय लिएर विभिन्न दलका सांसदले मुलुकमा केही दिनयता भएका महिला हत्या, हिंसाका घटनाका दोषीमाथि कडा कारवाही गर्न माग गरेका कुरा सदनको जानकारीमा आएको बताउँदै सभामुखले सो निर्देशन दिएकी हुन् ।

बैठकमा नेपाली काँग्रेसका डा आरजु देउवाले मुलुकका सबै कानुन महिलामैत्री भए पनि रुकुममा हालै निर्वाचित दलित महिला बयानसरी कामीको शपथ नहुँदै हत्या हुनु दुःखद् भएको बताएकी थिइन् । उनले दैलेखमा छाउपडी गोठमा सर्पको डसाइबाट महिलाको मृत्यु भएको, बाँकेको कोहलपुरमा श्रीमानले सुत्केरी श्रीमतीको टाउको काटेर हत्या गरेको, सोलुखुम्बु, गुल्मीलगायतमा महिलाको हत्या र हिंसा भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै दोषीलाई कारवाही गर्न माग गरिन् ।

काँग्रेसकै रामहरि खतिवडाले साउन १ देखि १५ सम्म मतदाता नामावलीको समय थोरै भएको र वर्षात्को समय भएकाले जिल्ला कार्यालयमा मात्र सीमित नगरी जो जहाँ छ त्यहीँबाट नामावली संकलन गर्न सक्ने व्यवस्था गर्न आग्रह गरे ।

नेकपा (एमाले) का रेवतीरमण भण्डारीले मुख्य सचिव डा सोमलाल सुवेदी पदबाट राजीनामा नगरी एसियाली विकास बैंकमा आफ्नो पदभन्दा तल्लोस्तरमा जागिर खान गएका प्रति आपत्ति जनाउँदै त्यस सम्बन्धमा सरकारको जवाफ माग गरे ।

माओवादी केन्द्रका अमनलाल मोदीले चिकित्सा शिक्षा क्षेत्रमा बढी अंक प्राप्त गरेका आधारमा भर्ना हुनुपर्नेमा नेशनल मेडिकल कलेज र युनिभर्सल कलेजले बढी रकम लिएर नन–मेरिटका आधारमा भर्ना लिएका प्रति आपत्ति जनाउँदै कारवाही गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको