महासमिति सदस्य वनद्वारा काँग्रेस परित्याग

Nepali-congress

भक्तपुर, १७ कात्तिक । नेपाली काँग्रेसका महासमिति सदस्य प्रवीण वनले पार्टी परित्याग गरेका  छन् ।

वनले आज जिल्ला सभापति दुर्लभ थापामार्फत पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिए । आसन्न निर्वाचनमा भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा (क) मा उम्मेदवारीको दौडमा रहेका  वनले पार्टीले टिकट वितरणमा अन्याय गरेको भन्दै पार्टी परित्याग गरेका हुन् । उनले राजीनामापत्रमा ‘आफूले जुन काँग्रेसको परिकल्पना लिएर हिँडेको हो आज त्यस्तो नरहेको र अन्याय गर्न उद्दत रहेकाले काँग्रेसमा आफूलाई निरन्तर समाहित गर्न न्यायोचित नदेखिएकाले’ पार्टी परित्याग गरेको उल्लेख गरेका  छन् । राजीनामापत्रमा वनले लोकतन्त्र र प्रजातन्त्रलाई संकट परेमा त्यसको रक्षार्थ आफूलाई पहिलो पंक्तिमा उभ्याउने प्रतिबद्धता व्यक्त गर्दै अब स्वतन्त्र जीवन जिउने प्रणसमेत गरेका  छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको