विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन चलखेलमा शिक्षा मन्त्रालयदेखि नेपाल मेडिकल काउन्सिलसम्म चलखेल भएको भेटिएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट प्रक्रिया नै सुरु नहुँदै शिक्षामन्त्री गोपालमान श्रेष्ठले सिट निर्धारणका लागि नेपाल मेडिकल काउन्सिललाई दबाब दिएका छन् भने काउन्सिलका एक सदस्य मेडिकल कलेजमै फर्जी कागजात मिलाउँदै गर्दा रंगेहात फेला परेका छन् ।
मन्त्री श्रेष्ठले स्वार्थका कारण नेपाल मेडिकल काउन्सिललाई सिट संख्या निर्धारण गर्न पत्र लेख्न लगाए । मन्त्रालयलाई समेत विपक्षी बनाई दर्ता गरिएको रिट निवेदनको लिखित जवाफ पठाउनुअघि नै उनले नेसनलको सिट निर्धारण गर्न पत्राचार गरे ।
‘उहाँ जसरी पनि हतारहतार सम्बन्धन प्रक्रिया अघि बढोस् र सिट निर्धारण होस् भन्ने योजनामा हुनुहुन्थ्यो,’ मन्त्रालय स्रोतले भन्यो ।
मन्त्रीको दबाब थेग्न नसकी सिट निर्धारणका लागि काउन्सिलमा पत्राचार गरेका शिक्षा सचिव मधु रेग्मीले सर्वोच्च अदालतमा लिखित जवाफ पठाउने क्रममा भने रिट खारेज गर्न आग्रह गरे ।, यो खबर आजको कान्तिपुरमा छ ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको