मन्त्रीकै अगाडी उपमहानगरका प्रमुख कुटिए

१७ साउन,जनकपुरधाम : शहरी विकास तथा भवन निर्माण मन्त्री प्रभु साहसंगै विकास निर्माण कार्यको अनुगमनमा रहेका जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत स्थानीयद्वारा कुटिएका छन्।

prabhu-598026ff869410.86549836जनकपुर नगरक्षेत्रमा एडिबीको ऋण सहयोगमा संचालित एकिकृत विकास आयोजनाको स्थलगत अनुगमनको लागि मंगलबार विहानै विभिन्न सम्बन्धित कार्यालयका प्रमुखहरुसहित मन्त्री साह स्थानीय विद्यापति चोक पुगेका थिए।

आयोजनाको काममा भईरहेको ढिलासुस्ती र ठेकेदारको लापरवाहीका विषयमा मन्त्री साहलाई नगरवासीले गुनासो गरेपछि अनुगमन गर्ने निधो गरिएको थियो। विद्यापति चोकमा निर्माण व्यवसायीले सडक निर्माणको क्रममा ठूलो खाल्डो खनेर जथाभावि छाडेको अवस्थामा देखेपछि मन्त्री साहले आक्रोशित हुदैं त्यहाँ उपस्थित ठेकेदार बलराम महतोलाई हप्काए।

मन्त्री साहले ठेकेदारलाई झपार्दै भने, ‘के हो यसरी सडकमा खाल्डो खनेर मान्छे मार्ने ?’ मन्त्रीले स्थलगत अनुगमन गरेको देखेर सडकको कारण सास्ती भोग्न बाध्य स्थानीयहरु पनि आफ्नो गुनासो राख्न थाले।

यसै क्रममा मन्त्री साहले सडक आयोजनाको काममा भएका ढिलासुस्ती हटाउन विभिन्न सम्बन्धित कार्यालयका प्रमुखहरुलाई बोलाएर निर्देशन दिईरहेको बेला जनकपुर उपमहानगरपालिकाका कार्यकारी प्रमुख अर्जुन प्रसाद सुवेदी आफ्नो गाडीमा मोबाईल चलाएर बसेका थिए। उपमहानगरपालिकाकै समन्वयमा संचालित आयोजनामा सबैभन्दा बढि जिम्मेवार कार्यकारी प्रमुख मन्त्रीलाई नटेरी गाडीमा बसेको देखेपछि केही स्थानीय युवाहरुले उनलाई बाहिर निस्केर मन्त्री साहको कुरा सुन्न आग्रह गरे।

तर, प्रमुख सुवेदीले आफू मन्त्रीको कुरा सुन्न नजाने भनेर जवाफ फर्काएपछि आक्रोशित युवाहरुले उनलाई गाडीबाट तान्दै कुटपिट गरे। युवाहरुले सुवेदीको लुगा समेत च्यातचुत पारेका थिए। कुटपिट पछि अवस्था तनावग्रस्त भएको देखेर मन्त्री साहलाई तुरुन्तै प्रहरीले घटनास्थलबाट बाहिर लगेको थियो। मन्त्रीको अनुगमन भएको हुनाले प्रहरी प्रमुखहरु आफैं उपस्थित भएकाले घटनालाई तत्कालै नियन्त्रणमा लिइएको थियो।

यता, मन्त्री साहले बिजुली विभाग, टेलिकम र खानेपानीको असहयोगको कारण कामले गति लिन नसकेको आफूहरुले जानकारी पाएको बताए। प्रभावकारी समन्वय नभएको हुँदा सबै काम प्रभावित भएको र जनताले सास्ती भोग्नु परिरहेको हुनाले यसमा शीघ्र समन्वय गरी दुई तीन दिन भित्रमा सबै समस्याहरु समाधान गर्न आफूले सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको