April 28, 2020

मध्यरातमा किन भेटे ओलीले चिनियाँँ राजदुत र प्रधानन्यायाधीश ?

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदुत होउ यान्सी भेटवार्ता भएको छ । चिनियाँ राजदूत होउ सोमबार राति प्रधानमन्त्रीलाई भेटन बालुवाटार पुगेकी थिइन् । नेपालको राजनीतिमा चिनियाँ प्रभाव बढ्दै गएको आरोप लाग्ने गरेका बेला प्रधानमन्त्रीको पद नै धरापमा परेको यो बेलाको भेटघाट अर्थपूर्ण रहेको बताइएको छ ।

नेपालमा पार्टीभित्र र बाहिरबाट प्रधानमन्त्रीको राजीनामाको दवाव आइरहेका बेला चिनियाँँ राजदूतसँगको भेटमा नेपाली राजनीतिको बारेमा कुरा भएको अनुमान गर्न सकिन्छ । सत्तारुढ नेकपा भित्रनै असन्तुष्ट पक्षले प्रधानमन्त्रीलाई घेरिरहेका बेला उनले राजदूत यान्छीसँग भेट गरेका हुँन् ।

गत डिसेम्बरको अन्तिममा चीनबाट सुरु भएको कोरोना भाईरसले नेपालमा संक्रमणको जरा फैलाइरहेका बेला प्रधानमन्त्रीका महत्वकान्क्षी राजनीतिक गतिविधिले उनको सत्ता अहिले अफ्ठेरोमा परेको छ ।

चीनसँग तत्काल दुई पक्षिय जरुरी छलफलका विषय सतहमा नआएका बेला भएको यो भेटघाटलाई चीनको राजनीतिक चलखेलका रुपमा हेर्न थालिएको छ ।

यस्तै, प्रधानमन्त्री ओलीले आजै सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवरालाई पनि भेटेका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीले प्रधानन्यायाधीश राणालाई बालुवाटारमै बोलाएर भेट गरेका हुन् । प्रधानमन्त्री आफू अफ्टेरोमा परेका बेला निकासका लागि संवैधानिक र कानूनी प्रवाधानहरु हेर्ने तर्फ पनि ध्यान दिन थालेको देखिन्छ ।

दिउसो कोटेस्वरमा माधवकुमार नेपाल र प्रधानमन्त्री ओली पक्षको भेटवार्ता भएको थियो । सरकारका कामकारवाही प्रति असन्तुष्ट पक्षले ओलीलाई प्रधानमन्त्री वा पार्टी अध्यक्ष दुई मध्ये एक पद छोडन समेत माग गर्दै आएको छ ।

ओलीको स्वास्थ्य बारे चिनियाँ राष्ट्रपतिको चासो

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच सोमबार टेलिफोनमार्फत कुराकानी भएको छ । कुराकानीका क्रममा राष्ट्रपति सीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिको बारेमा चासो व्यक्त गरेका छन् ।

सीले नेपालले कोरोना नियन्त्रणका लागि गरको कामको खुलेर प्रशंसा समेत गरेका छन् । चीनबाट सुरु भएको कोरोनालाई चीनले नियन्त्रणमा लिएको र विश्व समूदायलाई चीनले कोरोनाका विरुद्ध लड्न सघाएकोमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले खुलेरै प्रशंसा गरिन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसविरुद्धको लडाईमा अन्तराष्ट्रिय समूदायबीच एकजुटता र सहयोगको आवश्यक्ता रहेको बारे दुवै राष्ट्रपतिकाबीच कुराकानी भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको