फागुन १७ काठमाडौं – प्रतिबन्धित ५ सय र हजार दरका भारु नोट साट्ने विषयमा छलफल गर्न भारतीय टोली मंगलबार (आज) नेपाल आउने खबर आजको नागरिकमा छ ।
रिजर्भ बैंक अफ इन्डियााको उक्त टोलीले नेपाल राष्ट्र बैंकका उच्च अधिकारी भेटेर प्रतिबन्धित भारुको समस्या समाधान गर्ने अपेक्षा गरिएको छ ।
भारतको उक्त टोलीले नेपालमा रहेका प्रतिबन्धित नोटको व्यवस्थापन कसरी गर्ने भन्नेमा छलफल गर्ने र निष्कर्षमा पुग्ने बताइएको छ ।