२८ चैत, काठमाडौं । भारतले नेपालसामू दुई देशको संयुक्त टोली बनाएर सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने नयाँ प्रस्ताव अघि सारेको छ ।
सर्बे अफ इण्डियाले माघमा सगरमाथाको उचाई नाप्न टोली पठाउने एकतर्फी घोषणा गरेको थियो । तर, नापी विभागले आफैं उचाइ नाप्ने भन्दै सरकारसँग बजेट माग गरेको छ ।
अब भारतले नेपाल भारतको संयुक्त टोलीले सगरमाथाको उचाई नाप्ने प्रस्ताव पठाएको छ । ‘हामी नेपाल भारत संयुक्त अभियानको योजना बनाएका छौं र कूटनीतिक च्यानलबाट नेपालसामू प्रस्ताव पठाएका छौं’ भारतका विज्ञानमन्त्री हर्षवर्धनले भने ।
उनका अनुसार भारतले दुई टिम पठाउने योजना छ, जसले दुई फरक विधिबाट सगरमाथाको उचाई नाप्नेछ ।
सन् १८५२ मा भारतका गणितशास्त्री राधानाथ सिकडाले सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको त्रिकोणमितीय विधिबाट पत्ता लगाएका थिए । यो चार वर्षपछि आधिकारिक घोषणा गरिएको थियो ।
तर, दुई वर्षअघि आएको भूकम्पपछि सारगमाथाको उचाइ परिर्वतन भएको हुनसक्ने अनुमान गरे, जसले पुनः उचाइ मापन गर्ने बहस सुरु भएको छ ।
भारतले जीपीएस डिभाइस र त्रिकोणमितीय विधिबाट उचाई नाप्ने प्रस्ताव गरेको छ । जीपीएस डिभाइस लिएर एउटा टोली सगरमाथाको आरोहणमा जानेछ भने अर्को टोलीले नेपाल र भारतका सात स्थानबाट त्रिकोणमितीय विधिबाट सगरमाथाको उचाई मापन गर्ने भारतको प्रस्ताव छ ।
सर्वे अफ इण्डियाका प्रमुख स्वर्णसुब्बा रावले दुई देशबीच सहमति भए अब आउने दुई महिनाभित्र सगरमाथाको उचाइ नाप्न सुरु गरिने बताएका छन् ।
३ भदौ,काठमाण्डौ – नेपाल र बेलायतबीच भदौ ६ गते जीटूजी मोडलको श्रम समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ, भदौ ३ गते । गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा झन्डै एक हजार पाँच सयले
काठमाडौँ, ३ भदौ । आज २०७९ साल भदौ ३ गते शुक्रबारको राशिफल । मेष : आम्दानी
पिपुल नेपाल,१ भदौ ,काठमाडौं । नेपाल चिकित्सक संघले आगमी असोज दुई र तीन गते काठमाडौंमा
पिपुपल नेपाल संवाददाता,३१ साउन हेटौंडा। नेपाल कम्युनिस्ट पार्टी (मालेमा केन्द्र) पुनर्गठन भएको छ। हेटौंडामा सप्पन्न
पिपुल नेपाल संवाददाता,३१ साउन भक्तपुर। राष्ट्रिय युवा संघ नेपाल भक्तपुरको आयोजनामा गाईजात्रा (घिन्टाङ-घिसि)कार्यक्रम हुने भएको