बैठकमा विवाद चर्किएपछि ओली बैठक छाडेर हिंडे

सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय बैठकमा दुई समूहबीच चर्काचर्की चुलिएको छ । बैठकमा विवाद बढेपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली बैठक छाडेर बाहिरिएका छन् ।

बुधबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहका नेताहरुले राजीनामाको प्रसंग उठाएपछि अध्यक्ष ओली शयनकक्षतिर हिंडेका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार दाहाल-नेपाल समूहले एक व्यक्ति एक पदको एजेण्डालाई स्थायी समितिको बैठकमा राख्नुपर्नेमा जोड दिएका थिए । वैशाख २५ गते नेकपाले स्थायी समितिको बैठक बोलाएको छ ।

 

photo

NOC1-250x300