people Nepal » बुढानिलकण्ठमा एमाले विजयी बुढानिलकण्ठमा एमाले विजयी – people Nepal

बुढानिलकण्ठमा एमाले विजयी

काठमाडौँ, ९ जेठ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का उद्धव खरेल विजयी भएका छन् ।

खरेलले १३ हजार २४८ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजु श्रेष्ठले आठ हजार ९२७ मत प्राप्त गरेकाे निर्वाचन कार्यालयले जनाएको छ ।

उपप्रमुखमा एमालेकै रमा राई विजयी भएकी छिन्। उनले १३ हजार १८८ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी शुभद्रा खड्काले ९ हजार ७६८ मत प्राप्त गरेकी छिन् ।